उत्तराखण्डको चमौलीमा हिमपहिरो : सडक निर्माणमा खटिएका ५७ जना फसे, १६ को उद्धार

फाल्गुन १६, २०८१

कान्तिपुर संवाददाता

Avalanche in Uttarakhand's Chamauli: 57 road construction workers trapped, 16 rescued

काठमाडौँ — भारतीय राज्य उत्तराखण्डको चमौलीको माणामा हिमपहिरो जाँदा सडक निर्माणमा कार्यरत ४१ जना फसेका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार बोर्डर रोड अर्गनाइजेसजनका ५७ जना फसेकामा १६ जनाको उद्धार भइसकेको छ । उद्धार गरिएकालाई अस्पताल लगिएको छ । 

बद्रीनाथ धामबाट ५२ किलोमिटर उत्तरमा रहेको माणा पासमा हिमपहिरो गएको हो । चमौलीका जिल्ला अधिकारी सन्दीप तिवारीले भारत-तिब्बत सीमा पुलिस(आईटीबीपी) र सेना उद्धारकार्यमा खटिएको छ । त्यस्तै राज्य विपद् प्रतिक्रिया बल र राष्ट्रिय विपद् प्रतिक्रिया बल पनि उद्धारमा खटिएको छ । 

जिल्ला अधिकारी तिवारीका अनुसार उत्क क्षेत्रमा अहिले पनि पानी र हिउँ परिरहेको छ । प्रतिकूल मौसमका कारण उद्धार कार्यमा हेलिकप्टर उडाउन नसकिएको उनको भनाइ छ ।

कान्तिपुर

Link copied successfully