रुसलाई युक्रेनी क्षेत्रबाट हटाउने प्रस्तावमा अमेरिकाले दियो रुसको साथ

फाल्गुन १३, २०८१

कान्तिपुर संवाददाता

The US supported Russia in its proposal to remove Russia from Ukrainian territory

काठमाडौँ — रुसलाई युक्रेनी क्षेत्रबाट हटाउने एक प्रस्तावमा संयुक्त राष्ट्रले मञ्जुरी दिइएको छ । 

सोमबार राखिएको यस प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परे । ६५ देशले मतदानमा सहभागिता नै जनाएनन् । 

रुस–युक्रेनबीच युद्ध सुरु भएयता पहिलोपटक अमेरिकाले युक्रेनविरुद्ध मतदान गरेको छ । प्रस्ताव समर्थन गर्नेमा जर्मनी, बेलायत र फ्रान्सजस्ता प्रमुख युरोपियन देश रहेका छन् । 

यता रुससमेत अमेरिका, इजरायल र हंगेरीले यस प्रस्तावको विपक्षमा मतदान गरेका छन् । यो प्रस्ताव रुस–युक्रेन युद्ध सुरु भएको तेस्रो वर्षगाँठमा गरिएको हो । 

भारत र चीनले संयुक्त राष्ट्रमा भएको यो प्रस्तावमा भाग नै लिएनन् ।   

कान्तिपुर

Link copied successfully