हमासद्वारा ४ इजरायली बन्धकको शव हस्तान्तरण

शनिबार थप ६ बन्धक मुक्त गर्ने 

फाल्गुन ८, २०८१

एजेन्सी

Transfer of bodies of 4 Israeli hostages by Hamas

जेरुसलेम — प्यालेस्टिनी समूह हमासले विहीबार चार इजरायली बन्धकको शव हस्तान्तरण गरेको छ । हमासले १५ महिनादेखि हमासले गाजा युद्धविराम सम्झौताको एक भागको रूपमा पहिलो पटक इजरायली बन्धकहरूको शव हस्तान्तरण गरेको छ।

हमासले १५ महिनाअघि बन्धक बनाएका ८४ वर्षीय ओडेड लिफ्सिट्ज र सिरी विबास र उनका छोराछोरी एरियल र केफिरको शव हस्तान्तरण गरिएको हो । हमासले उनीहरूलाई ७ अक्टुबर २०२३ मा इजरायलबाट बन्धक बनाएर लगेको थियो । 

हमासले बिबास परिवारका तीन सदस्यको इजरायली आक्रमणमा मारिएको दाबी गरेको छ । तर त्यसबारे हमासले कुनै प्रमाण भने सार्वजनिक नगरेको बीबीसीले जनाएको छ । बन्धकको शव हस्तान्तरण भएसँगै इजरायली राष्ट्रपति आइज्याक हर्जोगले राष्ट्रको मन टुटेको बताएका छन् । 

हमास र इजरायलबीच १९ जनवरीमा युद्धविराम लागू भएयता पहिलोपटक मृतकको शव हस्तान्तरण गरिएको हो । यसअघि हमासले छैटौंपटक बन्धकहरू रिहा गरिसकेको छ । 

हमासले आगामी शनिबार ६ जना बन्धकहरू रिहा गर्ने जनाएको छ । उनीहरूमध्ये दुईजनालाई सन् २०१४ र २०१५ मा बन्धक बनाइएको थियो । ४ जनालाई भने हमासले इजरायलबाट ७ अक्टुबर २०२३ मा बन्धक बनाएर लगेको हो । 

एजेन्सी

Link copied successfully