महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा ७ जनाको मृत्यु, दर्जनौँ घाइते

माघ १६, २०८१

कान्तिपुर संवाददाता

At least 7 people died and dozens were injured when a stampede broke out at the Mahakumbh fair

काठमाडौँ — भारतको उत्तर प्रदेशमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूले उक्त भागदौडमा दर्जनौँ मानिसहरू हताहत भएको उल्लेख गरेका छन् ।

रोयटर्सले भने भागदौडमा परी कम्तीमा ७ जनाको मृत्यु भएको जनाएको छ । त्यसक्रममा दर्जनौँ मानिसहरू घाइते भएका छन् । 

बुधबार राति करिब १ बजेतिर मेलामा भागदौड मच्चिएको थियो । सार्वजनिक भएको एक ड्रोन फुजेटमा लाखौँ भक्तजनहरू देखिन्छ । उनीहरू उज्यालो भएपछि पवित्र स्नान गर्ने गरी अघि बढिरहेका थिए । आज महाकुम्भ मेलाको सबैभन्दा शुभ दिन मानिन्छ । त्यहीकारण भक्तजनहरू मंगलबारदेखि नै स्नानका लागि लाइनमा थिए । 

कान्तिपुर

Link copied successfully