युक्रेन युद्धमा खटिएकामध्ये ४ हजार उत्तर कोरियाली सेना मारिए 

रुसको कुर्स्क क्षेत्रमा हालसम्म ४ हजार मारिएको दाबी 

माघ १०, २०८१

एजेन्सी

4,000 North Korean soldiers were killed in the Ukraine war

काठमाडौँ — रूस-युक्रेन युद्धमा खटिएका उत्तर कोरियाली सैनिकमध्ये झन्डै ४० प्रतिशत मारिएका छन् । युद्धमा रुसलाई सघाउन तीन महिना अघि ११ देखि १२ हजार उत्तर कोरियाली सैनिक कुर्स्क क्षेत्रमा पुगेका थिए । 

पश्चिमा देश र दक्षिण कोरियाली अधिकारीका अनुसार उत्तर कोरियाले लड्न पठाएका सैनिकमध्ये ४ हजारभन्दा बढिको ज्यान गइसकेको छ । बीबीसीका अनुसार उक्त संख्यामा केही घाइते, बेपत्ता र बन्धक भएकाहरूको संख्या रहेको जनाइएको छ । 

४ हजारमध्ये जनवरी मध्येसम्ममा १ हजार सैनिक मारिएका बताइएको छ । घाइते उत्तर कोरियाली सैनिकको कहाँ उपचार भइरहेको छ भन्नेबारे भने थाहा नभएको पश्चिमा अधिकारीहरूको भनाइ छ । 

एजेन्सी

Link copied successfully