भारतमा रेल दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु, ५९ जना घाइते 

माघ ९, २०८१

कान्तिपुर संवाददाता

At least 12 dead, 59 injured in train accident in India

काठमाडौँ — भारतको महाराष्ट्र राज्यस्थित जलगाउँमा बुधबार साँझ भएको रेल दुर्घटनामा कम्तीमा १२ जनाको ज्यान गएको छ । दुर्घटनामा ५९ जना घाइते भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्  ।

लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेको अफवाह फैलिएपछि यात्रुहरू रेलबाट हाम फालेपछि घटना भएको हो । 

रेलवे अधिकारीहरूका अनुसार पुष्पक एक्सप्रेसमा सवार यात्रुहरूले रेलको पाङ्ग्राबाट धुवाँ निस्किएपछि सम्भावित आगलागीको डरले रेलको लिकमा हाम फालेका थिए । त्यसक्रममा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको कर्नाटक एक्सप्रेसको रेलले उनीहरूमध्ये धेरैलाई किचेको जनाइएको छ । 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुष्पक एक्सप्रेसबाट ३० देखि ३५ जनाले हामफालेका थिए । घटनास्थल मुम्बईबाट करिब ४ सय किलोमिटर टाढा रहेको जनाइएको छ । दुर्घटनामा नेपाली पनि परेको आशंका गरिएको छ ।

कान्तिपुर

Link copied successfully