अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

पुस १५, २०८१

एजेन्सी

Former US President Jimmy Carter passed away

न्युयोर्क — अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । कार्टर सेण्टरका अनुसार १०० वर्षीय पूर्वराष्ट्रपति कार्टरको आइतबार उनको निवासमै निधन भएको हो । 

कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो समय बाँच्ने पूर्वराष्ट्रपति समेत बनेका छन् । उनी सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति थिए । 

उनको निधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले शोक व्यक्त गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आज अमेरिका र विश्वले एक असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी गुमाएको छ ।'

त्यस्तै, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । 

एजेन्सी

Link copied successfully