युनाइटेड हेल्थ केयरका सीईओ हत्यामा २६ वर्षीयलाई मुद्दा 

मंसिर २५, २०८१

एजेन्सी

26-year-old charged in United Health Care CEO murder

काठमाडौँ — अमेरिकाको न्युयोर्कस्थित युनाइटेड हेल्थ केयरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ब्रायन थम्पसनको हत्यामा लुइगी मान्जोनीमाथि मुद्दा चलाइएको छ । मान्जोनी सोमबार पेनसिल्भेनियाको आल्टुनास्थित म्याकडोनाल्ड्सबाट पक्राउ परेका थिए । 

न्युयोर्कका अभियोजकहरूका अनुसार २६ वर्षीय मान्जोनीमाथि थोम्पसन हत्याका साथै गैरकानुनी हतियार र नक्कली कागजात राखेको अभियोग लगाइएको छ । 

थम्पसनको मिडटाउन म्यानह्याटनमा भएको लगानीकर्ताहरूको सम्मेलनस्थल बाहिर हत्या भएको थियो । हत्यापछि न्यूयोर्क प्रहरीले प्रमाणहरूको खोजी गर्दै विभिन्न स्थानका भिडियो फुटेज अध्ययन गरेको थियो । 

घटना भएको पाँच दिनपछि प्रहरीले हत्या भएको होटलबाट करिब २ सय ३० माइल टाढाको आल्टुनास्थित म्याकडोनाल्ड्सका एक कर्मचारीले जानकारी दिएपछि मान्जोनी पक्राउ परेका हुन् ।

एजेन्सी

Link copied successfully