काठमाडौँ — सन् १९१० मा आजकै दिन (अगस्ट १३) मा फ्लोरेन्स नाइटिंगलको मृत्यु भएको थियो । नर्सिङ व्यवस्थालाई सुधार्न आफ्नो जीवन नै समर्पण गरेकी फ्लोरेन्स ‘लेडी विथ द ल्याम्प’ उपनामले चर्चित छिन् ।
आधुनिक नर्सिङकी जन्मदाता फ्लोरेन्सको १८२० मे १२ मा इटलीमा जन्म भएको थियो । फ्लोरेन्स आफ्ना बुबाआमाको चाहनाविपरीत मानिसहरूको सेवाका लागि नर्स बनेकी थिइन् ।
बिरामी हजुरआमाको स्याहारसुसारमा खटिएपछि उनले आफ्नो जीवन नै मानिसको हेरचाहमा समर्पण गर्ने उद्देश्यले नर्सिङको पढाइ सुरु गरेकी थिइन् । खासगरी उनी क्राइमिया युद्धका बेला घाइतेहरूको सेवाका लागि अहोरात्र खटिएकी थिइन् । युद्धका बेला उनी घाइते सैनिकहरूको सेवाका लागि भनेर ३८ जना नर्सको टोलीसहित टर्की गएकी थिइन् ।
त्यतिबेला उनले मैनबत्ती बालेर पनि घाइते सैनिकको सेवामा खटिने गर्थिन् । त्यसैकारण ब्रिटिस सरकारले उनलाई ‘लेडी विथ द ल्याम्प’ उपाधिबाट सम्मान गरेको थियो ।
प्रकाशित : श्रावण २९, २०८१ ०७:०९