कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

सन् १९६१ मा आजकै दिन : बर्लिन पर्खाल निर्माण सुरु 

श्रावण २८, २०८१
सन् १९६१ मा आजकै दिन : बर्लिन पर्खाल निर्माण सुरु 

काठमाडौँ — सन् १९६१ मा आजकै दिन (अगस्ट १२) मा पूर्वी जर्मनीले बर्लिन पर्खाल बनाउन सुरु गरेको थियो । १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्यसँगै सोभियत संघको सेनाले अधीनमा लिएको जर्मनीको पूर्वी भाग करिब चार वर्षसम्म सोभियत संघको ‘स्याटलाइट’ राज्यका रूपमा रहेको थियो । जसका कारण १९४९ मा जर्मनी पूर्वी र पश्चिम गरी दुई राज्यमा विभाजन भयो ।

डेमोक्रेटिक रिपब्लिक भनेर साम्यवादी व्यवस्था सुरु भएको पूर्वी जर्मनीले राज्य नियन्त्रित अर्थतन्त्र अपनायो । बेलायत, अमेरिका र फ्रान्सको नियन्त्रणमा रहने गरेर विभाजन भएको पश्चिम जर्मनीले खुला बजार अर्थतन्त्र अपनायो ।

त्यसपछि पूर्वी जर्मनीले आफ्नो देशको बौद्धिक जमात र कामकाजी युवालाई पश्चिम जर्मनीतर्फ जानबाट रोक्ने उद्देश्यले बर्लिन पर्खाल ठड्याएको थियो । १९४९ मा पर्खाल लगाइए पनि त्यहाँ करिब ३० लाख मानिसहरू पूर्व जर्मनीबाट भागेर पश्चिम जर्मनी गइसकेका थिए ।

बर्लिन पर्खाल १९८९ नोभेम्बर ९ मा ढलेको थियो । नोभेम्बर ९ मा सुरु गरिएको भए पनि १ सय ५५ किलोमिटर लामो पर्खाल भत्काइसक्न भने लामो समय लागेको थियो । पर्खाल ढलेको एक वर्षपछि दुई जर्मनीबीच एकीकरण भएको थियो ।


प्रकाशित : श्रावण २८, २०८१ ०७:०१
x
×