कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

इरानमा विमान दुर्घटना : १७६ को मृत्यु [अपडेट]

एजेन्सी

तेहरान — इरानको राजधानी तेहरानमा भएको विमान दुर्घटनामा यात्रु र चालक दलका सदस्य गरी १ सय ७६ जनाको मृत्यु भएको छ ।

इरानमा विमान दुर्घटना : १७६ को मृत्यु [अपडेट]

तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभ उडान भर्दै गरेको युक्रेनी विमान दुर्घटना भएको हो । विमानमा सवार सबैको मृत्यु भएको समाचारसंस्था एपीले इरानी संचारमाध्यमलाई उद्धृत गर्दै लेखेको छ ।

प्रविधिक समस्याका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ । युक्रेन इन्टरनेसनल एअरलाइन्सको बोइङ ७३७ विमान बुधबार बिहान दुर्घटनाग्रस्त भएको हो ।

विमान दुर्घटनाको अनुसन्धान गर्न इरान सरकारका अधिकारी दुर्घटनास्थल पुगेको र उद्दारको काम पनि जारी रहेको तेहरानका नागरिक उड्डयन प्रवक्ता रेजा जाफरजदेसले बताएका छन् ।

विमानमा इरानी सञ्चारमाध्यमले यसअघि १८० जना सवार रहेको बताए पनि पछि भने उक्त संख्या १७६ रहेको पुष्टि भएको छ ।

सम्बन्धित समाचारः

इरानमा १७० यात्रु बोकेको युक्रेनी विमान दुर्घटना

प्रकाशित : पुस २३, २०७६ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?