तेहरान — इरानको तेहरानमा १८० यात्रु बोकेको युक्रनी विमान दुर्घटना भएको छ । इरानको इस्लामिक रिपब्लिक न्युज एजेन्सी(आईआरएनए) का अनुसार तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभका लागि उडान भर्दै गरेको विमान दुर्घटना भएको हो ।
युक्रेन इन्टरनेसनल एअरलाइन्सको बोइङ ७३७ जहाज दुर्घटना भएको इरानको आपतकालीन विभागका प्रवक्ता मोज्तबा खालिदीले जनाए ।विमानमा आगो लागेको र उद्धारका लागि टोली पठाइएकाे इरानी अधिकारीले जनाएका छन् ।
केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमले भने विमानमा १७० यात्रु रहेको जनाएका छन् ।
दुर्घटना इरान-अमेरिका तनावसँग जाेडिएकाे छ वा छैन भन्नेबारे केही जानकारी आएकाे छैन । बुधबार बिहान इरानले इराकमा रहेका दुई वटा अमेरिकी सैन्य अखडामा रकेट प्रहार गरेको थियो ।
थप विवरण आउन बाँकी...
