अमेरिकाले धमाधम फर्काउँदै छ नेपाली, कति छन् जोखिममा ?

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — अवैध आप्रवासीलाई देश निकाला गर्ने काम तीव्र पारेको अमेरिकाले ८ नेपालीलाई चार्टर्ड जहाजबाट काठमाडौं ल्याइदिएको छ । उनीहरूलाई अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको चार्टर जहाजबाट बुधबार विहान काठमाडौं ल्याइएको हो । बुधबार नेपाल फर्काइएकामा ३५ वर्षकी एक महिला र २२ देखि ४७ वर्षका पुरूष छन् । 

डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको कार्यकाल सम्हालेयता ३७ नेपालीलाई अमेरिकाबाट फर्काइएको छ । यसअघि नियमित उडानबाट कागजातविहीन नेपालीलाई स्वेदश फर्काइएको थियो । तर जहाज नै चार्टर गरेर भने ट्रम्प प्रशासनले पहलोपटक नेपालीलाई बुधबार स्वदेश फर्काएको हो ।

आज विहान काठमाडौंमा अवतरण गरेको जहाज अमेरिकी राज्य न्यू ह्याम्पसारको पोर्टस्‍माउथ विमानस्थलबाट उडेको थियो । जहाजमा १० नेपालीसहित केही अल्बानियाली नागरिक पनि थिए । अल्बानियाली नागरिकलाई तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालेपछि नेपालीलाई लिएर जहाज काठमाडौं आएको हो ।  

कान्तिपुर

Link copied successfully