काठमाडौँ — विश्वका ठूला सामाजिक सञ्जाल एवं सूचना प्रविधि कम्पनीले आर्थिक वर्ष २०८०/८१ नेपालमा एक वर्षमा पौने ३ अर्ब रुपैयाँ कारोबार गरेर साढे ४१ करोड कर तिरेका छन् । माइक्रोसफ्ट, गुगल, मेटा, टिकटक, एडोबी, नेटफ्लिक्स, अमेजन, एप्पलजस्ता अन्तराष्ट्रिय कम्पनीहरूले यतिका धेरै कर तिरेका हुन् ।
कर तिर्नेमध्ये एक अमेरिकी कम्पनी एक्लैले अधिकतम झन्डै १ अर्ब ३१ करोड रुपैयाँसम्म कारोबार गरेको छ । ठूला करदाता कार्यालयका अनुसार गत आर्थिक वर्षमा आन्तरिक राजस्व विभागमा दर्ता भई प्यान नम्बर लिएका १९ विदेशी कम्पनी छन् ।
नेपालमा भौतिक उपस्थित नभएका तर नेपाली उपभोक्तालाई विद्युतीय सेवा दिने गैरबासिन्दा व्यक्ति (कम्पनी) हरूले मासिक रूपमा १३ प्रतिशत भ्याट तिर्नुपर्छ । त्यस्तै, विद्युतीय सेवा कर आय वर्ष सकिएको तीन महिनाभित्र भुक्तानी गर्नुपर्छ । यस बिषयमा कान्तिपुरले तयार पारेकाे भिडियाे सामाग्री हेर्नुहाेस :
