प्रधानमन्त्रीको आरोप- लहैलहैमा लागेर सञ्चारमाध्यमहरुले विनम्रता र शालिनतामाथि हमला गरे

माघ २८, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति तपाईं नभनेकोमा पुनः असन्तुष्टि जनाएका छन् । मंगलबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा ओलीले सञ्चारमाध्यमहरुले तपाईं नभनी तिमी भन्ने गरेकामा असन्तुष्टि जनाएका हुन् । 

सञ्चार माध्यमहरुले अंग्रेजीको सिको गरेर कसैलाई हजुर भन्दा आफू अपमानित भएको ठान्ने गरेको ओलीले बताए। नेपालको आफ्नो भाषा र भाषाको मर्म भएको उल्लेख गर्दै ओलीले सञ्चारमाध्यमहरु कसैलाई हजुर भन्दा सारै सानो ठान्ने गरेको उल्लेख गरे।

सम्बन्धित समाचार: 

कान्तिपुर

Link copied successfully