तपाईं नभनेकोमा ओलीको फेरि असन्तुष्टि

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति तपाईं नभनेकोमा फेरि असन्तुष्टि जनाएका छन् । मंगलबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा ओलीले सञ्चारमाध्यमहरुले तपाईं नभनी तिमी भन्ने गरेकामा असन्तुष्टि जनाएका हुन् । 

तपाईं नभनेकोमा ओलीको फेरि असन्तुष्टि

सञ्चार माध्यमहरुले अंग्रेजीको सिको गरेर कसैलाई हजुर भन्दा आफू अपमानित भएको ठान्ने गरेको ओलीले बताए । नेपालको आफ्नो भाषा र भाषाको मर्म भएको उल्लेख गर्दै ओलीले सञ्चारमाध्यमहरु कसैलाई हजुर भन्दा सारै सानो ठान्ने गरेको उल्लेख गरे ।

‘सञ्चारमाध्यमहरुबाट छापिएको हेर्छौं । त्यो के देख्छौँ छापिएकोमा । हाम्रो आफ्नो भाषा छ । भाषाको मर्म छ । हाम्रो भाषामा बोलाउँदा हजुर भन्ने छ,’ ओलीले भने, ‘हाम्रा सञ्चारमाध्यमहरुलाई हजुर भन्दाखेरी सारै सानो ठान्छन् । हाम्रो सञ्चार माध्यमलाई अंग्रेजीको कपी गरेर बोलाउँदा मिस्टर/मिस भनेर बोलाउन पाउँदा राम्रो लाग्छ । कसैलाई तपाई भन्नुपर्दा अचम्मको अपमान भएको जस्तो लाग्छ ।’

प्रधानमन्त्री ओलीले आदरार्थी शब्द र सम्मानयुक्त व्यवहार समाजबाटै हटाउने सुनियोजित प्रयास भएको आरोप समेत सञ्चारमाध्यमलाई लगाए । नेपाली भाषामा बच्चालाई ता भनिने, हुर्किदैं गएपछि तिमी र आफूभन्दा ठूला तथा दौंतरीहरुलाई तपाईं भनेर भनिने उल्लेख गर्दै ओलीले भने, ‘तपाईं भन्ने आदरार्थी शब्द व्यवहार र समाजबाटै हटाउने सुनियोजित प्रयास भएको छ । अंग्रेजीमा यू भनेपछि पुग्छ । बीबीसीले पहिले सुरु गर्‍यो । यसो भने, यसो भनिन् । हाम्रा हजुर बाले यसो भने, हजुर आमाले यसो भनिन् । भन्नुभयो भन्न आउँदैन । अनी त्यही कपि गरेर नक्कल गरेर सबैले यस्तै भन्न थाले ।’

उनले नेपाली सभ्यता र संस्कृतिमाथि सञ्चारमाध्यमहरुबाट निरन्तर हमला भएको समेत बताए । लहैलहैमा लागेर सञ्चारमाध्यमहरुले विनम्रता र शालिनतामाथि हमला गरिरहेको आरोप आलीले लगाए ।

प्रकाशित : माघ २८, २०७६ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?