एक्सका अनुसार, 'फिफा विश्वकप र ओलम्पिकजस्ता ठूला खेलकुद प्रतियोगितादेखि विश्वभर आयोजना हुने चर्चित म्युजिक फेस्टिभल र फेसन वीकसम्म यसै क्यालेन्डरमा हेर्न सकिन्छ ।
What you should know
काठमाडौँ — सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर) ले सन् २०२६ का विश्वव्यापी कार्यक्रम र महत्वपूर्ण मितिहरू समेटिएको नयाँ मार्केटिङ क्यालेन्डर सार्वजनिक गरेको छ। कन्टेन्ट क्रियटर, ब्रान्ड र विज्ञापनदातालाई लक्षित गर्दै तयार गरिएको यो क्यालेन्डरमा वर्षभर हुने प्रमुख खेलकुद, सांगीतिक, सांस्कृतिक र फेसनसम्बन्धी कार्यक्रमहरू देखिन्छ ।
एक्सले सार्वजनिक गरेको यो क्यालेन्डर इन्टरएक्टिभ ढाँचामा तयार गरिएको छ । प्रयोगकर्ताले महिना अनुसारका विश्वव्यापी कार्यक्रम हेर्न सक्नेछन् भने क्षेत्र वा कार्यक्रमको प्रकृति (जस्तै खेल, मनोरञ्जन, फेसन) अनुसार पनि सूची सीमित गर्न सकिन्छ ।
एक्सका अनुसार, 'फिफा विश्वकप र ओलम्पिकजस्ता ठूला खेलकुद प्रतियोगितादेखि विश्वभर आयोजना हुने चर्चित म्युजिक फेस्टिभल र फेसन वीकसम्म यसै क्यालेन्डरमा हेर्न सकिन्छ ।
हालका केही विवाद र परिवर्तनका बाबजुद पनि प्रत्यक्ष कार्यक्रम र 'लाइभ कनभर्सेसन' का लागि एक्स अझै प्रभावशाली माध्यमका रूपमा रहेको कम्पनीको दाबी छ। त्यसैले, कार्यक्रमसँग जोडिएका प्रचार प्रसारका लागि यो क्यालेन्डर उपयोगी हुन सक्ने एक्सको भनाइ छ।
यद्यपि क्यालेन्डरमा प्रत्येक कार्यक्रमको लोकप्रियता, पोस्टको मात्रा वा कुन क्षेत्रमा बढी प्रभाव छ भन्ने विस्तृत तथ्याङ्क भने समावेश गरिएको छैन । यसैबीच, एक्सले यसै वर्ष आफ्नो विज्ञापन गुणस्तर (एड क्वालिटी) मार्गदर्शन पनि परिमार्जन गरेको छ ।
'इन-स्ट्रिम' विज्ञापनलाई अझ आकर्षक बनाउन भन्दै एक्सले विज्ञापनमा अनावश्यक ध्यान भंग गर्ने तत्व कम गर्न आग्रह गरेको छ । नयाँ निर्देशिकाअनुसार विज्ञापन सामग्रीमा अतिरिक्त @mention प्रयोग गर्न नहुने, ह्यासट्याग तथा धेरै इमोजी प्रयोग गर्नसमेत प्रतिबन्ध लगाइएको छ।
त्यसैले, कुनै विशेष कार्यक्रमसँग जोडिएर एक्समा विज्ञापन वा सामग्री प्रकाशन गर्ने योजनामा हुनुहुन्छ भने यी नयाँ मापदण्ड ध्यानमा राख्नुपर्ने देखिन्छ ।
एक्सको सन् २०२६ को मार्केटिङ क्यालेन्डर यहाँ हेर्न सकिनेछ ।
