चेपाङ विद्यार्थीले बनाएको स्याटेलाइट बुधबार चीनबाट प्रक्षेपण हुने

‘स्लिपर टु स्याट’ अर्थात् ‘एक जोर चप्पल किनेर लगाउन पनि धौ–धौ पर्ने समुदायका मानिसको स्याटेलाइट निर्माणसम्मको यात्रा’ ‘थिम’ लिएर मिसन अघि बढाइएको हो ।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

Satellite built by Chepang students to be launched from China on Wednesday

What you should know

काठमाडौँ — चेपाङ विद्यार्थीले बनाएको स्याटेलाइट बुधबार चीनबाट प्रक्षेपण हुने भएको छ । 'स्लिपर्स टु स्याट' मिसनअन्तर्गत निर्माण गरिएको स्याटेलाइट प्रक्षेपण गरिने भएको हो । चीनको इनर मंगोलियास्थित चिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट काइनेटिका वान रकेटबाट प्रक्षेपण हुने अन्तरिक्ष प्रतिष्ठान नेपालका आभाष मास्केले जानकारी दिए ।

नेपाली समयअनुसार बिहान ८ बजेर ४५ मिनेटमा प्रक्षेपण हुने स्याटेलाइट मिसनका म्यानेजर इन्जिनियर ऋषभ अधिकारीले जानकारी दिए । यो नेपालभित्रै बनेर बनेको पहिलो स्याटेलाइट हो  । यो स्याटेलाइट क्युब स्याटेलाइट हो । चेपाङ समुदायका ७ र ८ कक्षामा अध्ययनरत विद्यार्थी स्याटेलाइट निर्माणमा संलग्न थिए । 

Satellite built by Chepang students to be launched from China on Wednesday‘स्लिपर टु स्याट’ अर्थात् ‘एक जोर चप्पल किनेर लगाउन पनि धौ–धौ पर्ने समुदायका मानिसको स्याटेलाइट निर्माणसम्मको यात्रा’ ‘थिम’ लिएर मिसन अघि बढाइएको हो । 

नेपालमा डिजाइन गरिएको यो स्याटेलाइट प्रतिष्ठानको पहलमा बनाइएको ‘उपग्रह बस’ प्रणाली हो । यस प्रणालीमा विद्युत्शक्ति प्रणाली (ईपीएस), स्याटेलाइटभित्रको कम्प्युटर (ओबीसी) र सञ्चार प्रणाली एउटै सर्किट बोर्ड (पीसीबी) मा समावेश गरिएको हुन्छ ।

Satellite built by Chepang students to be launched from China on Wednesdayयसमा नेपाली–स्याट वन र मुनाल उपग्रहहरूले प्रयोग गरेको प्रविधि अपनाउँदै अझ विकसित रूपमा डिजाइन गरिएको छ । यसले गर्दा क्यूबस्याटभित्र अन्य उद्देश्यका काम गर्न पर्याप्त ठाउँ उपलब्ध हुने इन्जिनियर अधिकारी बताउँछन् । 

‘स्लिपर टु स्याट’ मिसनले प्राकृतिक विपत्तिमा आवश्यक पर्ने तथ्यांक प्रसारण गर्ने कार्यमा सहयोग गर्ने अपेक्षा लिइएको छ ।

कान्तिपुर

Link copied successfully