फेसबुक र इन्स्टाग्राम रिल्सबाट यसरी कमाउनुस् पैसा, यी हुन् मेटाले दिएका ११ टिप्स

मेटाले भिडियोमा 'हुक'को प्रयोग गर्न पनि सुझाएको छ । भिडियोको सुरुवातमै दर्शकलाई तान्ने खालका दृश्य र आवाज (हुक) प्रयोग गर्दा रिल्सको पर्फर्मेन्स डेढ गुणाले बढ्ने छ ।

मंसिर १७, २०८२

कान्तिपुर संवाददाता

How to earn money from Facebook and Instagram Reels, these are 11 tips given by Meta

What you should know

काठमाडौँ — सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले ब्रान्डहरूका लागि 'रिल्स' को प्रभावकारिता बढाउने नयाँ उपायहरू सुझाएको छ । 'टोलुना' अनुसन्धान संस्थाको सहकार्यमा गरिएको अध्ययनका आधारमा मेटाले रिल्समार्फत ब्रान्डिङ र व्यापार बढाउने टिप्सहरू सार्वजनिक गरेको हो ।

अध्ययनका अनुसार हाल इन्स्टाग्राममा प्रयोगकर्ताले बिताउने कुल समयको ५० प्रतिशतभन्दा बढी हिस्सा रिल्सले ओगटेको छ । साथै, भिडियो हेर्ने समय गत वर्षको तुलनामा ३० प्रतिशतले वृद्धि भएको छ । तर दर्शकको मन छुने कन्टेन्ट तयार पार्नु अहिलेको मुख्य चुनौती मानिएको छ । 

ब्रान्ड निर्माण र 'डाइरेक्ट रेस्पोन्स' का लागि मेटाले दिएका सुझावहरू :-

ब्रान्ड निर्माणसँगै उत्पादन बिक्री गराउन वा ग्राहकको प्रतिक्रिया लिन चाहनेहरूका लागि पनि मेटाले ६ वटा टिप्स दिएको छ । 

बोनस टिप्स :

मेटाले भिडियोमा 'हुक'को प्रयोग गर्न पनि सुझाएको छ । भिडियोको सुरुवातमै दर्शकलाई तान्ने खालका दृश्य र आवाज (हुक) प्रयोग गर्दा रिल्सको पर्फर्मेन्स डेढ गुणाले बढ्ने छ ।

मेटाका अनुसार सन् २०२६ को मार्केट स्ट्राटिजिका लागि यी सुझावहरू निकै फलदायी हुने छ । एआई र नयाँ प्रविधिको प्रयोग बढिरहेको समयमा भिडियो कन्टेन्टमार्फत व्यापार बढाउन चाहनेहरूका लागि यो अध्ययन मार्गदर्शक बन्न सक्छ । 

कान्तिपुर

Link copied successfully