ओपन एआईले ल्यायो सपिङ रिसर्च टुल

च्याटजिपिटीमा मानिसहरुले यसअघि सपिङसँग सम्बन्धित अन्तक्र्रिया गर्दै आएका थिए । र, जीपिटी–५ मिनी मोडलमा सपिङकै लागि विशेष टुलको व्यवस्था छ ।

मंसिर ९, २०८२

कान्तिपुर संवाददाता

Open AI launches shopping research tool

What you should know

एजेन्सी — ओपन एआईले नयाँ एआई सपिङ टुल सार्वजनिक गरेको छ । मानिसहरुलाई आफ्नो रोजाईअनुसारका सामाग्री खरिद गर्नका लागि मद्दत गर्ने लक्ष्यले यो टुल सार्वज्निक गरिएको हो ।

च्याटजिपिटीमा मानिसहरुले यसअघि सपिङसँग सम्बन्धित अन्तक्र्रिया गर्दै आएका थिए । र, जीपिटी–५ मिनी मोडलमा सपिङकै लागि विशेष टुलको व्यवस्था छ । जहाँ प्रयोगकर्ताहरुले सपिङबारे सोधेका प्रश्नहरुको जवाफ मिल्नेछ ।

ओपन एआईले सोमबार दिएको जानकारीअनुसार कम्पनीले गुणस्तरीय ठानेका वेवसाइटहरुका विवरणमा आधारित रहेर यस्तो जवाफ दिइनेछ ।

‘उदाहरणका लागि, रेड्डिटमा कुनै ग्राहकले लेखेका विषयलाई पेड मार्केटिङ वा कुनै कम्पनीको प्रडक्ट पेजको दाँजोमा विश्वासिलो मानिनेछ ,’ ओपन एआईका प्रतिनिधिले भनेका छन् । यस कम्पनीले लिंकहरु साइटिङ गर्ने क्रममा कुनै विशेष वेवसाइटलाई प्राथमिकता नदिने पनि कम्पनीले स्पष्ट गरेको छ । 

च्याटजिपिटीका प्रयोगकर्ताले उपयोग गरिरहेको शब्द अन्तक्र्रियाका दाँजोमा यो नयाँ टुल फरक हुने च्याटजिपिटीले जनाएको छ । मानिसहरुले च्याट इन्टरफेसमा डेडिकेटेड ‘सपिङ रिसर्च’ बटन थिचेर कमान्ड दिनसक्नेछन् । उनीहरुले आफुले खोजेको सामाग्रीबारे विवरण दिनसक्नेछन् ।

जस्तो, ‘मलाई ५ वर्षकी छोरीका लागि उपहार चाहियो । उनी कलाप्रेमी छिन् ’ टाइप गर्नसक्नेछन् । लगत्तै जवाफ दिनुको साटो रिसर्च टुलले हाजिरी–जवाफ शैलीमा थप जानकारी माग्नेछ । यसक्रममा बजेट, रंगको चयन, सामाग्रीको आकारलगायत संभावित प्रश्न सोधिनेछ ।

सबै जानकारी प्राप्त भइसकेपछि यसले टुलले १०–१५ वटा मिल्दो–जुल्दो सामाग्रीको लिस्ट दिनेछ । त्यसपछि प्रयोगकर्ताहरुले ‘यस्ता थप सामाग्री खोज्ने’ वा ‘मन परेन’ भनेर प्रम्प्ट दिन सक्नेछन् । प्रयोगकर्ताकै प्रम्प्टका आधारमा संशोधनसहितको फाइनल लिस्ट तयार हुनेछ ।

पछिल्लो केही साता ओपन एआईले प्रयोगकर्तालाई आकर्षित गर्न आफ्नो एप्लिकेशनहरु बिस्तार गरिरहेको छ । केही साताअघि च्याटजिपिटीमा ग्रुप च्याट सुविधा ल्याइएको थियो । त्यस्तै, अमेरिकामा के–१२ शिक्षकका लागि च्याटबटको निशुल्क भर्सन ल्याइएको छ ।

सपिङ क्षेत्रमा प्रतिस्पर्धा बढ्दो छ । ओपन एआई र उसको प्रतिस्पर्धी पप्र्लेक्ससिटी एआईले ग्राहकको खरिद प्रक्रियालाई लक्षित गरेर यस्ता सपिङ प्लेटफर्म ल्याइरहेका छन् ।

ओपन एआईले केही प्रतिवद्धता पनि जनाएको छ । जस्तो, उसले इन्टरनेटमा छरिएका रिभ्यूहरुलाई हेरेर नयाँ रिभ्यू गर्नेछ, र प्रडक्ट पेज वा रिभ्यू साइटमा लिंक साइट गर्नेछ । त्यस्तै, यस सपिङ फिचरसँग गरिएको कुराकानी व्यापारीसँग साझा गरिनेछैन ।

यो टुल अन्य अनलाईनले खरिदकर्तालाई दिने सपिङ निर्देशिकाभन्दा फरक हुनेछ । ती अनलाईनजसरी क्लिक वा एफिलियट लिंकका आधारमा कमिशन लिने काम यसले गर्नेछैन ।

इलेक्ट्रोनिक्स, सौन्दर्य, घरायसी, बगैंचा, किचेन र आउटडोर आइटमहरुबारे जानकारी लिनका लागि यो नयाँ सपिङ टुल धेरै उपयोगी हुने ओपन एआईले जनाएको छ । मूल्य र सामानको गुणस्तरबारे यसले पर्याप्त जानकारी दिनेछ ।

तर, ग्राहकले यसलाई शतप्रतिशत विश्वास गर्न भने नमिल्ने ओपन एआईको सपिङ रिसर्च टिमको नेतृत्व गरिरहेकी ईशा फुलफोर्डले बताइन् ।

‘वस्तुगत, अनपेड वा वास्तविक प्रयोगकर्ताको रिभ्यूलार्य पहिचान गर्नेगरी मोडललाई प्रशिक्षण गर्ने काम केही गाह्रो नै छ । त्यहीकारण शतप्रतिशत सही नतिजा पाउनु असंभव छ,’ उनले भनिन् ।

‘विशेषगरी रेड्डिमा भएका धेरैजसो रिभ्यू विश्वासिला नै हुन्छन्,’ ओपन एआईकी अनुसन्धानकर्ता मनुका ट्राटाले भनिन्, ‘त्यहीकारण हामीले यस मोडललाई अर्गानिक कन्टेन्ट ज्यादा भएका अनलाइन स्रोतमा ध्यान दिनेगरी प्रशिक्षित गरेका छौं ।’

मूल्य र उपलब्धताजस्ता विषयमा गलत नतिजा आउनसक्ने जोखिम कायमै रहेकाले सतर्क रहन प्रयोगकर्ताहरुलाई आग्रह गरिएको छ । बिस्तृत र सही जानकारीका लागि मर्चेन्ट साइटमा जान पनि ओपन एआईले आफ्ना प्रयोगकर्तालाई सुझाव दिएको छ ।  

कान्तिपुर

Link copied successfully