टिकटकले ल्यायो टाइम एन्ड वेल-बिइङ फिचर

यो नयाँ अपडेटमा प्रयोगकर्तालाई स्वस्थ डिजिटल बानी बनाउन सहयोग गर्ने धेरै सुविधा ल्याएको टिकटकले बताएको छ ।

मंसिर ६, २०८२

कान्तिपुर संवाददाता

TikTok introduces Time and Well-Being feature

काठमाडौँ — टिकटकको 'टाइम एन्ड वेल-बिइङ' फिचरले प्रयोगकर्तालाई स्क्रिन टाइम व्यवस्थापन, मन शान्त पार्ने साउन्ड, अफर्मेसन कार्ड र ब्रिदिङ एक्सरसाइजबाट डिजिटल स्वास्थ्यमा सहयोग पुर्‍याउन खोजेको जनाएको छ ।

यो नयाँ अपडेटमा प्रयोगकर्ताहरूलाई स्वस्थ डिजिटल बानी बनाउन सहयोग गर्ने धेरै सुविधाहरू ल्याएको विज्ञप्तिमा उल्लेख छ।  

सुरक्षा र कम्युनिटी गाइडलाइन्सलाई प्राथमिकता दिँदै टिकटकले पछिल्लो समय फ्यामिली पेयरिङ र स्क्रिन टाइम घटाउन मद्दत गर्ने ‘टाइम अवे’ जस्ता फिचर थप्दै आएको विज्ञप्तिमा उल्लेख छ । यस वर्ष टिकटकले राति आराम गर्न मद्दत होस् भनेर किशोर–किशोरीका लागि ‘मेडिटेसन’ फिचर पनि सुरु गरेको जनाएको छ । 

‘टाइम एन्ड वेल–बिइङ फिचरले प्रयोगकर्ताहरूलाई आराम गर्न, मन शान्त पार्न र रिल्याक्स हुन अझ सरल बनाइदिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो फिचरले अहिलेको स्क्रिन टाइम म्यानेजमेन्ट पेजलाई हटाएर, यसको ठाउँमा धेरै नयाँ उपयोगी विकल्पहरू दिनेछ ।’ यसमा अफर्मेसन जर्नलमार्फत दैनिक मनोभाव सेट गर्न र १२० भन्दा धेरै अफर्मेसन कार्ड डाउनलोड वा सेयर गर्न सकिन्छ । ‘सुदिङ साउन्ड जेनेरेटर’मा वर्षा, समुद्री छालजस्ता आरामदायी ध्वनिहरू सुन्न पाइने र ब्रिदिङ एक्सरसाइजले तनाव घटाउन तथा मन स्थिर राख्न सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर संवाददाता

Link copied successfully