माघभित्र सबै मन्त्रालयलाई 'पेपरलेस' बनाउन सञ्चारमन्त्री खरेलको निर्देशन

सङ्घीय सरकारका सबै मन्त्रालयलाई माघभित्रै 'पेपरलेस' वा कागजरिहत बनाउन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्देशन दिएका छन् ।

मंसिर ४, २०८२

कान्तिपुर संवाददाता

Communications Minister Kharel directs all ministries to go paperless by Magh

काठमाडौँ — आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई बुधबार सम्बोधन गर्दै बुधबार उनले डिजिटल प्रशासनिक सुधारमा जोड दिएका थिए ।

सरकारी निकायबाट सम्पादन हुने कार्यहरूलाई एउटै विद्युतीय प्रणालीमार्फत सरल, सहज, छिटो, मितव्ययी, पारदर्शी र प्रभावकारी रूपमा सम्पादन गरी कागजरहित सरकारको अवधारणा कार्यान्वयन गर्न भन्दै  २०७८ मै बनेको 'सरकारी निकाय सञ्चालनसम्बन्धी एकीकृत विद्युतीय प्रणाली निर्देशिका' बनेको थियो । सूचना प्रविधि विभागले बनाएको गभरमेन्ट इन्टिग्रेटेड अफिस म्यानेजमेन्ट सिस्टम (जीआईओएमएस) अझै पनि सबै मन्त्रालयमा प्रयोग गरिएको छैन । 

निर्देशिकाअनुरुप कुनै पनि सरकारी निकायले आफूले सम्पादन गर्ने कार्यहरूलाई एकीकृत रूपमा सम्पन्न गर्न उक्त प्रणालीमा आबद्ध हुनका लागि विभागमा अनुरोध गर्न सक्छन् । सूचना प्रविधि प्रणालीमार्फत तोक आदेश दिने तथा टिप्णी पेश गर्ने, चिठीपत्रको दर्ता तथा चलानी गर्ने, विद्युतीय हाजिरी राख्ने, बिदा र काज स्विकृत गर्ने, जिन्सी व्यवस्थापनसम्बन्धी कार्य गर्ने, कार्यसम्पादन मूल्यांकनसम्बन्धी कार्य गर्ने, नियुक्ती, काज, सरुवा, रमाना र पदस्थापन गर्ने लगायत कार्य गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

तथापी, मन्त्रालयहरू र अन्य सरकारी निकायमा अझै पनि परम्परागत शैलीमा कागजकै प्रयोग भएको देखिन्छ । कतिपय कार्यालयहरूमा त कागजात सुरक्षित राख्ने स्थानको समेत कमी हुन थालेको छ । 

कान्तिपुर

Link copied successfully