दक्षिण एसियाली बजार हेर्ने गरी ओपनएआईले नयाँ दिल्लीमा कार्यालय खोल्दै

च्याटजीपीटी निर्माता, ओपनएआईले भारतमा आफ्नो पहिलो कार्यालय खोल्ने घोषणा गरेको छ ।

भाद्र १०, २०८२

एजेन्सी

OpenAI is opening an office in New Delhi to target the South Asian market

काठमाडौँ — कम्पनीले स्थानीय साझेदारहरूसँग जोडिन र कम्पनीको दोस्रो ठूलो बजारका प्रयोगकर्ताहरूका लागि विशेष सुविधा र उपकरणहरू निर्माण गर्न कार्यालय आवश्यक भएको जनाएको छ ।

भारतमा च्याटजीपीटी प्रयोग गर्ने विद्यार्थीहरूको संख्या सबैभन्दा बढी छ । गत वर्ष त्यहाँ साप्ताहिक सक्रिय प्रयोगकर्ता चार गुणाले बढेका थिए । भारतीयहरूले यसको स:शुल्क सेवा महँगो परेको गुनासो गरेपछि ओपनएआईले भारतमा सबैभन्दा सस्तो प्लान ‘च्याटजीपीटी गो’ परीक्षरण गरेको छ । यसको महसुल प्रतिमहिना ४.५७ डलर पर्छ ।

कम्पनीले नयाँ दिल्लीमा कार्यालय खोल्ने विज्ञप्तिमा जनाएको छ । अर्को महिना कम्पनीका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान भारत आउने तयारीमा छन् । नयाँ दिल्ली कार्यालयबाटै समग्र दक्षिण एसियाका प्रयोगकर्तालाई सेवा र समन्वय प्रदान गर्ने कम्पनीले जनाएको छ । यस क्षेत्रमा युवा जनसंख्या उच्च रहेकाले च्याटजीपीटी प्रयोगकर्ता बढ्दो क्रममा रहेको मानिएको छ ।

एजेन्सी

Link copied successfully