काभा च्याम्पियनसिप :जितविहीन हुँदै नेपालको टुंगियो सम्भावना

इस्लामाबादको लियाकत जिम्न्यासियममा भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग सोझो तीन सेटमा पराजित भएको हो ।

श्रावण ११, २०८३

कान्तिपुर संवाददाता

Kavha Championship:Nepal's prospects end without a single win

काठमाडौँ — जितविहीन रहँदै नेपालले सोमबार पाकिस्तानमा भइरहेको काभा पुरुष भलिबल च्याम्पियनसिप २०२६ को लिग चरण टुंग्याएको छ । इस्लामाबादको लियाकत जिम्न्यासियममा भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग सोझो तीन सेटमा पराजित भएको हो ।

बलियो उज्वेकिस्तानले सुदृढ खेल प्रदर्शन गर्दै २६–२४, २५–२० र २५–२२ को जित निकालेको हो । यो हारले नेपालको सेमिफाइनल प्रवेशको कमजोर सम्भावना पनि समाप्त भएको छ ।

नेपालले प्रतियोगितामा पाँच खेलबाट तीन अंक मात्र बटुल्न सफल रह्यो र लिग तालिकाको पुछारमा रह्यो । नेपाल यसअघि पाकिस्तान, बंगलादेश, श्रीलंका र काजाकिस्तानसँग पनि पराजित रहेको थियो । कुल छ टिमको सहभागिता रहेको प्रतियोगिता शीर्ष चार टिमले सेमिफाइनलमा प्रवेश पाउने छ ।

कान्तिपुर

Link copied successfully