साउन दोस्रो सातादेखि नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नुकर

प्रतियोगिताको विजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित च्याम्पियन ट्रफी प्रदान गरिने छ ।

श्रावण ११, २०८३

कान्तिपुर संवाददाता

Nepal Top 16 Grand Masters Snooker from the second week of Saun

काठमाडौं — प्रथम काठमाडौं खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नुकर च्याम्पियन्सीप हुने भएको छ ।काठमाडौं खेल मण्डल (एनआरटी)को आयोजनामा हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित क्लबकै भवनमा १३ देखि २३ साउनसम्म हुनेछ । 

प्रतियोगिताको विजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित च्याम्पियन ट्रफी प्रदान गरिने छ ।प्रतियोगितामा  सहभागी १६ जनालाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष २ खेलाडी नकआउट चरणमा प्रवेश गर्ने छन् । 

अध्यक्ष सुन्दर नरसिंह जोशीले सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताले स्नुकर खेलको विकासमा योगदान पुग्ने विश्वास पोखे ।

कान्तिपुर

Link copied successfully