एसआरसी अन्तरकलेज बास्केटबल हुने

प्रतियोगितामा १० छात्र टिमको सहभागिता रहने आयोजक हबका पूर्व अध्यक्ष एवं कन्सुलर खुर्साङ छिरिङ डोङले शनिबार पत्रकार सम्मेलनमा जानकारी गराए ।

श्रावण ९, २०८३

कान्तिपुर संवाददाता

SRC Inter-College Basketball to Be Held

काठमाडौँ — पुल्चोकियन्स फिटनेस हबको आयोजना र इन्साइट स्पोर्ट्स नेपालको समन्वयमा एसआरसी प्लस टु अन्तरकलेज बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा १० छात्र टिमको सहभागिता रहने आयोजक हबका पूर्व अध्यक्ष एवं कन्सुलर खुर्साङ छिरिङ डोङले शनिबार पत्रकार सम्मेलनमा जानकारी गराए ।

समूह ‘ए’ लालीगुरााँस नेसनल एकेडेमी, पुष्पसदन, गोल्डेनगेट ‘ए’, ओमेगा र सीसीआरसी तथा समूह ‘बी’ मा गोल्डेनगेट ‘बी’, केभीसी, टीआईभी, मनास्लु र प्रिमियर छन् । खेल लिगकम नकआउट आधारमा खेलाइने छ ।

विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । म्यान अफ द म्याच, मोस्ट भेलुएबल प्लेयर, उत्कृष्ट डिफेन्सिभ र अफेन्सिभ खेलाडी तथा अनुशासित टिमलाई पनि पुरस्कृत गरिने छ । कुल पुरस्कार राशि १ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

साताव्यापी प्रतियोगताका खेल कीर्तिपुरस्थित कभर्डहलमा खेलाइने छ ।  

कान्तिपुर

Link copied successfully