स्वर्णधारी दिदीबहिनीलाई सम्मान

बंगलादेशको ढाकामा सम्पन्न १० औं दक्षिण एसियाली कराते च्याम्पियनसिका स्वर्ण विजेता दिदीबहिनी दिया र दीक्षा तामाङलाई एक्सटेप नेपालले शनिबार सम्मान गरेको छ ।

श्रावण ९, २०८३

कान्तिपुर संवाददाता

Honoring Sisters Who Wear Gold

काठमाडौँ — बंगलादेशको ढाकामा सम्पन्न १० औं दक्षिण एसियाली कराते च्याम्पियनसिका स्वर्ण विजेता दिदीबहिनी दिया र दीक्षा तामाङलाई एक्सटेप नेपालले शनिबार सम्मान गरेको छ ।

एक्सटेपका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले एक्सटेपको शो रूममा उनीहरूलाई गिफ्ट ह्याम्पर र प्रशंसापत्रबाट सम्मान गरे । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पदक दिलाएका राष्ट्रिय कराते टोलीका प्रमुख प्रशिक्षक कुशल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

१५–१९ जुलाईमा भएको प्रतियोगितामा दियाले क्याडेट महिला ६१ केजीमुनि र दीक्षाले चिल्ड्रेन ३५ केजीमुनि स्वर्ण जितेका थिए । दियाले श्रीलंकामा सम्पन्न नवौं संस्करणमा पनि रजत जितेकी थिइन् । थाइल्यान्डमा भएको थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा दियाले १ कांस्य र दीक्षाले २ कांस्य जितेका थिए । दियाले जापानमा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा पनि कांस्य नै जितेकी थिइन् । प्रबन्ध निर्देशक श्रेष्ठले पदक विजेतालाई एक्सटेपको तर्फबाट सम्मान गर्न पाउनु गर्वको विषय भएको बताए । 

दियाले बुवाको सक्रियतामा सानै उमेरदेखि करातेमा लागेको र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाउँदै पदक जित्न सफल भएको बताइन् । कराते पृष्ठभूमिका दियाका बुवा दावा अल्ट्रा/ट्रेल रनर हुन् ।

कान्तिपुर

Link copied successfully