अन्नपूर्ण र आयोजक त्रियोगले कक्षा १ देखि ३ समूहमा संयुक्त रूपमा पहिलो ओटगे । पुष्पसदनले ४ र ५ कक्षा समूहमा पहिलो स्थान पायो ।
What you should know
काठमाडौँ — छैटौं त्रियोग अन्तर विद्यालय चेस प्रतियोगितामा आयोजक त्रियोग हाइस्कुल, अन्नपूर्ण, पुष्पसदन, मार्भलस र मातृभूमि स्कुलले आफ्नो समूहमा पहिलो स्थान हात पारेका छन् ।
अन्नपूर्ण र आयोजक त्रियोगले कक्षा १ देखि ३ समूहमा संयुक्त रूपमा पहिलो ओटगे । पुष्पसदनले ४ र ५ कक्षा समूहमा पहिलो स्थान पायो । कक्षा ६ र ७ को समूहमा मार्भलेस स्कुल तथा ९ र १० समूहमा मातृभूमि स्कुलले पहिलो स्थान हात पारे ।
प्रतियोगितामा कक्षा १ देखि ३ समूहमा छात्रामा अन्नपूर्णकी रिहाना श्रेष्ठ विजेता भइन् । युरोकी आदिसी भट्टराई दोस्रो र ब्रिटिस स्कुलकी भार्गभी बरारिया तेस्रो भए ।
छात्रतर्फ काठमाडौं गुरुकुलका सुनभ ओझा पहिलो भए । नितेन मेमोरियलका अभिषेक विके दोस्रो र त्रियोगमा देव्यान पाण्डे तेस्रो भए । छात्रातर्फ कक्षा ४ र ५ समूहमा इम्पेरियलकी अग्रता आचार्य पहिलो, सेन्ट मेरिजकी श्रृषा बल्ल दोस्रो र पुष्पसदनकी परिश्री श्रेष्ठ तेस्रो भए । छात्रतर्फ तिलिङटार स्कुलका राजन साह पहिलो, रातो बंगलाका सुभाङ्ग प्रधान दोस्रो र डीडएभीका रियांशु पौडेल तेस्रो भए ।
छात्रा कक्षा ६ र ७ समूहमा मार्भलेसका सोनालिका सर्राफ, सुहानी सिंह र फ्युचर स्टारकी ग्लोसी श्रेष्ठ तेस्रो भए । छात्रतर्फ सैनिक आवासीयका हृदय बस्नेत पहिलो, ग्रिनल्यान्डका सुलभ पन्थी दोस्रो र संस्कृति स्कुलका सम्भव थुलुङ तेस्रो भए ।
छात्रातर्फ कक्षा ८ देखि १० समूहमा अन्नपूर्णकी ओजस्वी श्रेष्ठ पहिलो, अभिव्यक्ति तामाङ दोस्रो र मनकामनाकी जिज्ञासा खनाल तेस्रो भए । छात्रतर्फ पाठशालाका ओस्कार पन्थी पहिलो, निःसर्ग बाटिकाका सात्विकमान तुलाधर दोस्रो र मातृभूमिका साविद प्रजापति तेस्रो भए ।
विजेता खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष गोपालसुन्दर लाल कक्षपती, पूर्व राष्ट्रिय च्याम्पियन नवीन तण्डुकार र बद्रीलाल नेपाली, विद्यालयका कार्यकारी निर्देशक अजित लामा तथा प्रिन्सिपल चन्द्रायन प्रधान श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे ।
आयोजक त्रियोग हाइस्कुलको ४० औ वार्षिकोत्सवको उपलक्ष्यमा प्रतियोगिताको आयोजना गरिएको दीपा भट्टले जानकारी दिइन् । प्रतियोगिताको संयोजक विद्यालयका चेस शिक्षक पूर्व राष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ थिए ।
