त्रियोग चेसमा सकियो छनोट चरण

छात्रा ८ देखि १० कक्षा समूहमा नितेन मेमोरियल र मनकामना स्कुल प्रभावशाली रहे । दुवै विद्यालयका ३ खेलाडी अन्तिम २० मा पर्न सफल भए । छात्रतर्फ पाठशालाका ओस्कार पन्तले शतप्रतिशत जित पाए ।

श्रावण ७, २०८३

कान्तिपुर संवाददाता

Selection phase concludes in Triyog Chess

काठमाडौँ — छैटौं त्रियोग अन्तर विद्यालय चेस प्रतियोगिताको सिनियर छात्रामा केएमसीकी वियन्का गौतम छनोट चरणमा शतप्रतिशत अंकसहित अन्तिम चरणमा पुगेकी छन् ।

छात्रा ८ देखि १० कक्षा समूहमा नितेन मेमोरियल र मनकामना स्कुल प्रभावशाली रहे । दुवै विद्यालयका ३ खेलाडी अन्तिम २० मा पर्न सफल भए । छात्रतर्फ पाठशालाका ओस्कार पन्तले शतप्रतिशत जित पाए । छात्राको कक्षा ६ र ७ समूहमा फ्युचर स्टार स्कुलकी ग्लोसी श्रेष्ठले शतप्रतिशत सफलता पाइन् । सो स्पर्धामा त्रियोगका सबैभन्दा धेरै ३ खेलाडी अन्तिम चरणमा प्रवेश गरे । छात्रतर्फ पुष्पसदनका हार्दिक पन्तले शतप्रतिशत सफलता पाए ।  

८ स्पर्धा समावेश रहेको प्रतियोगितामा ६ सयभन्दा बढी खेलाडीको सहभागिता छ । त्रियोग हाइस्कुलको आयोजनामा भएको प्रतियोगितामा शुक्रवार ८ वटै समूहको अन्तिम चरणको खेल हुनेछ ।

कान्तिपुर

Link copied successfully