नयाँ स्वरूपको नेपाल व्यायाम मन्दिरको उद्घाटन

वि.सं. २०१० सालमा युथ संगठनको नामबाट सुरु भई खिचापोखरी र भुरुङखेल हुँदै ज्याठामा आएर स्थापित व्यायाम मन्दिरलाई समयसापेक्ष स्वास्थ्य तथा फिटनेस आवश्यकताको ध्यानमा राख्दै नयाँ स्वरुपमा सञ्चालन गरिएको हो ।

श्रावण ७, २०८३

कान्तिपुर संवाददाता

Inauguration of the Newly Renovated Nepal Gymnasium

काठमाडौँ — नयाँ स्वरूपमा सञ्चालनमा आएको नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिरको बिहीबार काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले उद्घाटन गरेकी छन् ।

वि.सं. २०१० सालमा युथ संगठनको नामबाट सुरु भई खिचापोखरी र भुरुङखेल हुँदै ज्याठामा आएर स्थापित व्यायाम मन्दिरलाई समयसापेक्ष स्वास्थ्य तथा फिटनेस आवश्यकताको ध्यानमा राख्दै नयाँ स्वरुपमा सञ्चालन गरिएको हो ।

Inauguration of the Newly Renovated Nepal Gymnasium

चीनको ’फिटनेस च्वाइस’ नामक संस्थामार्फत १ करोडभन्दा बढी मूल्यका आधुनिक व्यायाम मेसिन तथा उपकरण ल्याएर जिममा जडान गरिएको छ । नयाँ स्वरूपमा महिला र पुरुषका लागि छुट्टाछुट्टै स्टिम, साउना बाथ र कार्डियो स्टेसनका साथै छुट्टाछुट्टै शौचालय समेत निर्माण गरिएको छ । नयाँ थपिएका यी उपकरणको सहायताले अब जिममा एकै सिफ्टमा ८० देखि १०० जनासम्मले व्यायाम गर्न सक्ने क्षमता रहेको मन्दिरले जनाएको छ ।

व्यायाम मन्दिरमा नियमित जिमका अतिरिक्त जुम्बा, विशेष योग कक्षा र किक बक्सिङ प्रशिक्षणलगायत खेलकुदका अन्य विविध गतिविधिसमेत सञ्चालन हुने व्यवस्था मिलाइएको जनाइएको छ ।

नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानका अनुसार व्यायामशाला जाडोयाममा बिहान ६ देखि बेलुका ८ बजेसम्म र गर्मीयाममा बिहान ५ बजेदेखि राति ९  बजेसम्म खुला रहनेछ ।

कान्तिपुर

Link copied successfully