त्रियोग चेस सुरु

त्रियोग हाइस्कुलको आयोजनामा सुरु स्विस लिग प्रणालीमा भएको प्रतियोगितामा बुधवार ३ कक्षासम्मका छात्र र छात्रा तथा कक्षा ४ र ५ समूहका छात्र र छात्राको छनोट खेल भयो ।

श्रावण ६, २०८३

कान्तिपुर संवाददाता

Triyog Chess Begins

काठमाडौँ — छैटौं त्रियोग अन्तर विद्यालय चेस प्रतियोगिता सुरु भएको छ ।

८ स्पर्धा समावेश रहेको प्रतियोगितामा ६ सयभन्दा बढी खेलाडीले भाग लिएका छन् । त्रियोग हाइस्कुलको आयोजनामा सुरु स्विस लिग प्रणालीमा भएको प्रतियोगितामा बुधवार ३ कक्षासम्मका छात्र र छात्रा तथा कक्षा ४ र ५ समूहका छात्र र छात्राको छनोट खेल भयो ।

चार समूहका शीर्ष २० स्थान पाउने खेलाडी शुक्रबार हुने अन्तिम चरणमा प्रवेश गर्नेछन् । अग्रता आचार्य शतप्रतिशत जितसहित पहिलो स्थानमा रहिन् । टीआइएका तीन खेलाडी नै अन्तिम चरणमा प्रवेश गरे ।

छात्रा १ देखि ३ कक्षाको समूहमा युरो स्कुलकी आदिसी भट्टराईले ५ अंक जोडिन् । यस स्पर्धामा अन्नपूर्ण, त्रियोग र रातो बंगलाका समान ३ तीन खेलाडी अन्तिम चरणमा प्रवेश गरे ।

छात्र ४ र ५ कक्षाका समूहमा रोजबडका आरभ श्रेष्ठले शतप्रतिशत जित पाए । हरेक वर्ष आयोजना हुने यो प्रतियोगिता यस संस्करण विद्यालयको ४० औं स्थापना दिवसको उपलक्ष्यमा भएको हो । प्रतियोगिताको विद्यालयका कार्यकारी निर्देशक अजित लामा, प्रिन्सिपल चन्द्रायन प्रधान श्रेष्ठ र विद्यालयकी दीपा भट्टले उद्घाटन गरे ।

कान्तिपुर

Link copied successfully