फाइनलमा समर्थन कसलाई ? अर्जेन्टिनी नै छन् दुविधामा

साहित्य, खाना र संगीतमा यी दुई देशबीच नजिकको सम्बन्ध मात्र छैन, लगभग उस्तै छ भने यस्तै एउटा समानता स्पेन र अर्जेन्टिनाबीच फुटबलमा छ

श्रावण ३, २०८३

एपी

Who to support in the final? Argentina is in a dilemma

What you should know

ब्युनस आयर्स — अर्जेन्टिना र स्पेनबीचको सम्बन्ध रगतको पनि हो अनि आपसी सद्भावको पनि। जतिबेला यिनै दुई देश विश्वकप २०२६ को फाइनलमा आइतबार भिड्ने छन्, त्यतिबेला स्पेनी भाषा बोल्ने यी देशमध्ये कसलाई समर्थन गर्ने हो भन्नेमा धेरैलाई दुविधा हुन सक्नेछ । यो दुविधा खासमा भावनात्मक हो ।

सन् १९६८ यता ७५ वर्षीय जुवान म्यानुयल पोसाडा ब्युनस आयर्समा बसोबास गर्छन् । उनी खासमा स्पेनी मूलका हुन् । भन्छन्, ‘मैले त फाइनलमा कसलाई समर्थन गर्ने हो भन्न सकिरहेको छैन ।’

न्यू जर्सीमा हुने यो फाइनल सन् १९३० यताको पहिलो खेल हुनेछ, जसमा दुवै टिम स्पेनीभाषी छन् । सन् १९३० को विश्वकपमा पनि यस्तै अवसर बनेको थियो, जतिबेला आयोजक उरुग्वेले मोन्टेभिडियोमा भएको निर्णायक खेलमा अर्जेन्टिनाको सामना गरेको थियो । त्यसमा उरुग्वे ४–२ ले विजयी रहेको थियो । 

रमाइलो तथ्य के छ भने ब्युनस आयर्सको स्थापना गर्ने कोही अरू नभएर स्पेनी थिए । उनी हुन्, पेड्रो डे मोन्डोजा । उनले १६ औं शताब्दीको मध्यमा यो सहर बसाएका थिए । अर्जेन्टिनाले लडेको स्वतन्त्रता युद्धले पनि यी दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पारेन । खासमा अर्जेन्टिनाका रूपमा यो नयाँ देशमा स्पेनको प्रभाव कायम रह्यो । त्यो प्रभाव सांस्कृतिक रूपमा बढी थियो । खासमा २० औं शताब्दीको पहिलो आधा भागमा ठूलो संख्यामा स्पेनी आप्रवासीको रूपमा अर्जेन्टिना पुगे र सधैंका लागि त्यहाँकै भए ।

तिनै पोसाडा भन्छन्, ‘मलाई लाग्छ, म त हिजै मात्र हो अर्जेन्टिना आएको । मेरो मुटु अझै स्पेनमा छ । यदि फाइनलमा स्पेन जित्छ भने त्यसमा म खुसी हुन्छु ।अर्जेन्टिना जित्छ भने पनि म दुःखी हुन्न ।’ उनी स्पोर्टिङ गिजोनका समर्थक हुन् ।

म्यानुयल फर्नान्डेज एकेभेडा ८१ वर्षका भए । सानै उमेरमै उनले अर्जेन्टिनाका लागि स्पेन छाडे । पछि उनका छोरी र नातिनातिनी अर्जेन्टिनामै जन्मे । उनी पनि दुविधामा छन् र बडो कूटनीतिक पाराले भन्छन्, ‘फाइनलमा त्यही टिम जितोस्, जसले राम्रो खेल्न सक्नेछ । स्पेनले जित्छ भने त्यो राम्रो, होइन अर्जेन्टिनाले जित्छ भने त्यो झन् राम्रो ।’

साहित्य, खाना र संगीतमा यी दुई देशबीच नजिकको सम्बन्ध मात्र छैन, लगभग उस्तै छ । यस्तै एउटा समानता  फुटबलले पनि ल्याउने गर्छ, स्पेन र अर्जेन्टिनाबीच । संयोग कस्तो भने अर्जेन्टिनी खेलाडीद्वय अल्फ्रेडो डी स्टेफानो र लियोनल मेसीले स्पेनी फुटबलमा ठूलो छाप छाडेका छन् । अझ स्टेफानो रियल म्याड्रिड र मेसी बार्सिलोनाका लागि सबैभन्दा ठूला नाममध्ये एक हुन् ।

यसबीच एउटा अविश्वसनीय तथ्य के छ भने यी दुई देशबीच खासमा फुटबललाई लिएर अहिलेसम्म प्रतिद्वन्द्विता भन्ने छैन । विश्वकपको इतिहास सय वर्ष पुग्नै लागेको छ, तर स्पेन र अर्जेन्टिनाबीच अहिलेसम्म एकै खेलमात्र भएको छ । यो अवसर सन् १९६६ को विश्वकपमा जुरेको थियो । त्यसमा अर्जेन्टिनी टिम विजयी रह्यो । तर अब हुने फाइनलको कथा बेग्लै हुनेछ ।

पोसाडा फेरि भन्छन्, ‘मेरा अर्जेन्टिनी नातिले हिजै मात्र मलाई एउटा अनौठो प्रस्ताव राखेका छन् । यदि फाइनलमा स्पेनले जित्छ भने उनले स्पेनकै जर्सी लगाउने छन् र स्पेनी झन्डा बोक्नेछन् अनि खुसीयाली मनाउने छन् । होइन, अर्जेन्टिनाले जित्छ भने मैले अर्जेन्टिनाको जर्सी लगाउनुपर्नेछ र झण्डा बोक्नुपर्नेछ अनि मैले पनि खुसीयाली मनाउनुपर्नेछ ।’

सन् १९७६ देखि १९८३ बीचको अर्जेन्टिनी तानाशाही शासनकालमा देशको आर्थिक स्थिति असाध्यै खराब रह्यो । चर्को दमन पनि भयो । यस्तोमा हजारौं अर्जेन्टिनी स्पेन पुगे र त्यहींकै भए ।

सन् २०२५ मा आएको एउटा तथ्यांकअनुसार केही नभए पनि ४ लाख ५० हजारभन्दा बढी त्यस्ता स्पेनी जनसंख्या छ, जसको जन्म अर्जेन्टिनामा भएको थियो । उनीहरूका लागि पनि फाइनल विशेष हुनेछ । मालागामा पछिल्लो एक वर्षदेखि बसिरहेका १९ वर्षीय नहुएल बारोटा भन्छन्, ‘यो यस्तो फुटबल प्रतिस्पर्धा हो, जसमा दुवै पक्षप्रति सम्मान रहनेछ । हामी पक्कै दुई फरक देश हौं, तर खासमा दाजुभाइ हौं । हामी सबै साथी मिलेर फाइनल हेर्नेछौं । हाम्रा लागि यो जत्तिको रमाइलो विश्वकप अरू हुन सक्दैन जस्तो लाग्छ, अर्जेन्टिना र स्पेन नै फाइनल पुगेको हुनाले ।’

पछिल्लो समय सामाजिक सञ्जालमा एउटा त्यस्तो जोडीको धेरै चर्चा भइरहेको छ, जहाँ एक स्पेनी छन् भने अर्को अर्जेन्टिनी । आइतबारको फाइनलअगाडि उनीहरू छोटो समयका लागि भए पनि एक अर्कोबाट अलग भएका छन् । उनीहरू आफ्ना सन्तानले अर्जेन्टिना वा स्पेनमध्ये कुन टिमलाई समर्थन गर्दा राम्रो हुनेछ भनेर दबाब दिइरहेका छन्, त्यो पनि आफ्नो इतिहास सम्झाएर ।

विश्वकप २०२६

एपी

Link copied successfully