फ्रान्सलाई हराएर इंग्ल्यान्ड तेस्रो

विश्वकपमा इंग्ल्यान्डले तेस्रो स्थानको खेल जितेको यो पहिलो पटक हो । सन् २०१८ मा बेल्जियम र सन् १९९० मा इटालीसँग इंग्ल्यान्डले हारको सामना गरेको थियो ।

श्रावण ३, २०८३

कान्तिपुर संवाददाता

England beat France to finish third

What you should know

काठमाडौँ — बुकायो साकाको ह्याट्रिक मद्दतले इंग्ल्यान्डले विश्वकप २०२६ मा आइतबार तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई ६–४ ले पराजित गरेको छ र सान्त्वना जित निकालेको छ ।

फाइनल प्रवेश गर्न असफल दुई टिमबीच मियामीमा खेल भएको थियो र प्रतिस्पर्धा रोमाञ्चक रह्यो ।

हारमा पनि फ्रान्सका लागि कप्तान किलियन एमबाप्पेले दुई गोल गरे र उनी यस विश्वकपमै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको शीर्षमा रहे । एमबाप्पेको यो दसौं गोल हो र उनले अर्जेन्टिनाका लियोनल मेसीलाई उछिनेका छन् । यससँगै उनी गोल्डेन बुट अवार्डका लागि बलिया प्रत्यासी भएका छन् ।

मेसीले आठ गोल गरेका छन् । विश्वकप इतिहासमै एमबाप्पले गरेको गोल संख्या २२ पुगेको छ र उनी सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि भएका छन् । विश्वकपमा इंग्ल्यान्डले तेस्रो स्थानको खेल जितेको यो पहिलो पटक हो । सन् २०१८ मा बेल्जियम र सन् १९९० मा इटालीसँग इंग्ल्यान्डले हारको सामना गरेको थियो ।

इंग्ल्यान्डले तेस्रो मिनेटमा कप्तानको भूमिकामा रहेका डेक्लेन राइसको गोलले अग्रता लिएको थियो । एजरी कोन्साले १८ औं मिनेटमा दोस्रो गोल थपे । त्यसपछि साकाले दोस्रो हाफको अन्त्यतिर दुई गोल गरे र इंग्ल्यान्ड ४–० ले अगाडि रह्यो ।

साकाले ३७ मिनेटमा आफ्नो पहिलो गोल गरेपछि इन्ज्युरी समयको पहिलो मिनेटमा अर्को गोल थपे । त्यसपछि फ्रान्सले तीन गोल फर्काएको हो । त्यसमा एमबापेले ४८ र ६८ औं मिनेटमा एक-एक गोल गरे । त्यसबीच ब्राडली बारकोलाले ५४ औं मिनेटमा एक गोल गरे ।

साकाले पेनाल्टीबाट इंग्ल्यान्डका लागि ८७ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा ओसमन डेम्बेलेले फ्रान्सका लागि चौथो गोल गरे । जुड बेलिंघमले त्यसको दुई मिनेटपछि इंग्ल्यान्डका लागि छैटौं गोल गरे ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully