स्लोभेनियाका रेफ्रीले फाइनल खेलाउने

फिफाले शुक्रबार स्लाभ्कोको रोजाइबारे जानकारी दिएको हो । लगातार दोस्रो फाइनल खेलिरहेको अर्जेन्टिनाले उपाधि भिडन्तमा युरोपेली प्रतिद्वन्द्वी सामना गर्न लागेको हो ।

श्रावण २, २०८३

एपी

Slovenian referee to officiate final

डालास — डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र स्पेनबीच आइतबार हुने विश्वकप २०२६ को फाइनलमा रेफ्रीको भूमिका स्लोभेनियाका ४६ वर्षीय स्लाभ्को भिनिसिचले निभाउने भएका छन् । उनले दुई वर्षअगाडि युरोपेली च्याम्पियन्स लिगको फाइनल पनि खेलाएका थिए । 

फिफाले शुक्रबार स्लाभ्कोको रोजाइबारे जानकारी दिएको हो । लगातार दोस्रो फाइनल खेलिरहेको अर्जेन्टिनाले उपाधि भिडन्तमा युरोपेली प्रतिद्वन्द्वी सामना गर्न लागेको हो । रेफ्रीका केही निर्णयलाई विवाद भइरहेको पृष्ठभूमिमा युरोपेली रेफ्रीको चयन गरिएको छ । उनका दुई सहायकमा स्लोभेनियाकै टोमन क्लाननिक र आन्द्राज कोभासिच रहेछन् । 

केही टिमले अर्जेन्टिना र कप्तान लियोनल मेसीलाई फाइदा हुने गरेर रेफ्रीले निर्णय गर्ने गरेको आरोप लागिरहेको छ । यसपल्टको विश्वकपमा स्लाभ्कोले तीन खेल खेलाइसकेका छन् र त्यसमा सात पहेँलो र एक रातो कार्ड देखाएका छन् । 

उनको अन्तिम १६ चरणको मेक्सिको र इक्वडेरबीचको खेल खेलाएका थिए । त्यसमा मुख छोपेको आरोपमा भारको मदतमा स्लाभ्कोले इक्वडेरका पिएरे हिनकेपलाई रातो कार्ड देखाएका थिए । लिग चरणमा उनले ब्राजिल र मोरक्को तथा अल्जेरिया र जोर्डनबीचको खेल खेलाएका थिए । 

पछिल्लो च्याम्पियन्स लिगमा बायर्न म्युनिखले रियल म्याड्रिडलाई ४–३ ले पराजित गर्दा उनी नै रेफ्री थिए । सन् २०२४ को च्याम्पियन्स लिग फाइनलमा रियलले बोरुसिया डर्टमन्डलाई हराउँदा उनले रेफ्रीको भूमिका निभाएका थिए ।

विश्वकप २०२६

एपी

Link copied successfully