वेस्ट इन्डिजका अलराउन्डर खेलाडी रहेका सोबर्सको ८९ वर्षको उमेरमा निधन भएको हो ।
काठमाडौँ — विश्व क्रिकेटका सर्वकालीन महान् खेलाडी ग्यारी सोबर्सको शुक्रबार निधन भएको छ । वेस्ट इन्डिजका अलराउन्डर खेलाडी रहेका सोबर्सको ८९ वर्षको उमेरमा निधन भएको हो ।
सन् १९४५ देखि १९७४ बीच उनले ९३ टेस्ट खेले र त्यसमा ८ हजार ३२ रन बनाए । यस्तै, उनले २ सय ३५ विकेट पनि लिए । बायाँ हाते ब्याटर सोबर्सले सन् १९५८ मा पाकिस्तानविरुद्ध बनाएको ३ सय ६५ नटआउट रन ३६ वर्षसम्म टेस्ट क्रिकेटको सर्वाधिक उच्च स्कोरको कीर्तिमानका रूपमा रहेको थियो ।
सोबर्सले इंग्ल्यान्डमा नटिंघसायरका लागि पनि काउन्टी क्रिकेट खेले । विजडन पत्रिकाले उनलाई २० औं शताब्दीका उत्कृष्ट पाँच खेलाडीको सूचीमा राखेको थियो । वेस्ट इन्डिज क्रिकेट बोर्डले उनीप्रति श्रद्धाञ्जली पोख्दै भनेको छ, ‘एउटा महान् इनिङ्सको अन्त्य भएको छ ।’
