गम्भीर परीक्षामा चुकेको फ्रान्स

स्पेनको हातबाट २–० को हारपछि प्रतियोगितामा फ्रान्सको चुनौती सकिएको छ । फ्रान्सको प्रदर्शन कुनै पनि क्षेत्रमा राम्रो रहेनभन्दा हुन्छ ।

असार ३२, २०८३

एएफपी

France fails a serious test

डालास — आक्रामक फुटबलको उत्कृष्ट नमुना पेस गरेपछि लागिरहेको थियो, विश्वकप २०२६ को उपाधि जित्ने टिम डिडियर डेसच्याम्पको फ्रान्स नै हो । बुधबार भएको सेमिफाइनलमा फ्रान्सको प्रतिद्वन्द्वी स्पेन थियो, जुन बराबरीको टिम थियो । यही स्पेनले अन्ततः फ्रान्सलाई नराम्रोसँग हराएको छ र लगातार तेस्रोपल्ट विश्वकपको फाइनल पुग्ने फ्रान्सको अभियानमा धक्का लाग्यो । धेरैको ठूलो अपेक्षाबीच फ्रान्स विश्वकपको आफ्नो गम्भीर परीक्षामा अन्ततः असफल नै रह्यो । 

स्पेनको हातबाट २–० को हारपछि प्रतियोगितामा फ्रान्सको चुनौती सकिएको छ । फ्रान्सको प्रदर्शन कुनै पनि क्षेत्रमा राम्रो रहेनभन्दा हुन्छ । जस्तो विश्वकप २०२२ को फाइनलमा अर्जेन्टिनाविरुद्ध फ्रान्सले सुरुआती एक घण्टामा कमजोर प्रदर्शन गरेको थियो । त्यस रातको खेलमा फ्रान्स पुनरागमन रच्न भने सफल रह्यो । भलै, उपाधि भने फ्रान्सले टाइब्रेकरमा गुमाएको थियो । फ्रान्सको त्यो प्रदर्शन हारका बावजुद टाउको उठाएर हिँड्न अवस्थामा पुगेको थियो र आफैंमा उत्कृष्ट फाइनल खेल रहेको थियो । 

यसपल्टको पहिलो सेमिफाइनलमा फ्रान्सले त्यस्तो केही गर्न सकेन । टोलीको खेल कसैको मन जित्ने खालको रहेन । बरू यो त स्पेनले प्रस्तुत गरेको उत्कृष्ट खेलको नमुना रह्यो, जसलाई फ्रान्सले टुलुटुलु हेर्नुबाहेक अरू केही गर्न सकेन । खेलपछि प्रशिक्षक डेसच्याम्पले माने, ‘हामी उत्कृष्ट दोस्रो टिम मात्र रह्यौं । हामी उनीहरूको अगाडि कमजोर देखियौं । यो नतिजामा हाम्रा सबै खेलाडी स्तब्ध छन् ।’ फ्रान्सले प्रतिद्वन्द्वीका रूपमा स्पेनको खेल पढ्नै सकेन । खेलाडीहरूले पनि विपक्षी टिम कस्तो छ भनेर अनुमान नै गर्न सकेनन् । 

दोस्रो हाफमा सब्स्टिच्युटका रूपमा मैदान प्रवेश गरेका फ्रान्सेली खेलाडी रायन चेर्कीले भने, ‘हामीलाई के थाहा थियो भने स्पेन सुस्त गतिमा खेल्न माहिर छ । यसले खेलको गति नै घटाउने गर्छ । हामीले पनि सायद त्यति बेला त्यसै अनुसार विस्तारै खेल्नुपर्ने थियो । हामीले खेललाई जसरी बुझ्ने प्रयास गरेका थियौं, त्यो भन्दा यो असाध्यै गाह्रो साबित भयो ।’ 

खेल सुरु हुनु अगाडि नै स्पेनका लामिन यामलले धम्की दिएका थिए, डराउनुपर्ने फ्रान्स हो, आफ्नो टिम होइन । खेलमा त्यस्तै भयो, फ्रान्सको खराब प्रदर्शनको कारण माइकल ओलिस नराम्रोसँग असफल रहनु पनि रह्यो । उनलाई पुरानो फुटबल शैलीका प्लेमेकर मात्र होइन, अबका वर्षमा बालोन डी’अरको सम्भावित विजेताका रूपमा पनि लिइएको थियो । तर उनी डालासको स्टेडियममा आफ्नै खेलभित्र हराएको पाइयो । उनले लगातार बलमाथिको नियन्त्रण मात्र गुमाएनन्, मैदानमा रोड्रीका अगाडि फिक्का नै रहे । मध्यपंक्तिमा राजा तिनै रोड्री रहे र उनको प्रदर्शन पूरा मैदानमा छाएको थियो । 

अन्त्यमा प्रशिक्षक डेसच्याम्पको फ्रान्सेली टिमसँगको लामो आबद्धतामा अब पूर्णविराम लाग्नेछ । उनले आफ्नो प्रशिक्षक जीवनको अन्त्य त्यसरी गर्न सकेनन्, जसरी उनी चाहन्थे । अब उनका लागि शनिबार हुने तेस्रो स्थानको खेल नै फ्रान्सबाट अन्त्य हुनेछ । प्रतियोगिताअगाडि नै उनले आफू फ्रान्सेली टिमबाट अलग हुने बताइसकेका थिए । खेलाडी छँदा उनले सन् १९९८ मा विश्वकप उपाधि जितेका थिए । सन् २०१८ मा उनले प्रशिक्षकका रूपमा पनि विश्वकप जिते तर अब उनको बिदा लिने पालो आएको छ ।

विश्वकप २०२६

एएफपी

Link copied successfully