२००२ को विश्वकपयता अर्जेन्टिना र इंग्ल्यान्ड पहिलोपटक भिडिरहेका छन् । इंग्ल्यान्ड १९६६ यता पहिलो उपाधिको खोजीमा रहेको छ भने अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप उपाधि जित्ने दाउमा छ ।
अर्जेन्टिना र इंग्ल्यान्डले २००२ को विश्वकपपछि पहिलोपटक यस प्रतियोगितामा खेल्न लागेका हुन्, जुन खेल इंग्ल्यान्डले डेबिड बेकह्ममको पेनाल्टीमा १–० ले जितेको थियो । तर त्यसअघिका दुई विश्वकपमा अर्जेन्टिनाले १९८६ मा इंग्ल्यान्डलाई २–१ ले पराजित गरेको थियो भने १९९८ मा बेकह्ममले रातो कार्ड पाएको खेलमा अर्जेन्टिना पेनाल्टी सुटआउटमा विजयी भएको थियो ।
अर्जेन्टिनाको टोलीमा एक परिवर्तन गरिएको छ । मिडफिल्डर रोड्रिगो डी पालको स्थानमा गिउलिएनो सिमोनीलाई खेलाइएको छ । इंग्ल्यान्डले भने अघिल्लो खेल खेलेको टोलीबाट तीन खेलाडी परिवर्तन गर्दै इज्री कोन्सा, निको ओ‘रेली र नोनी माडुकेको स्थानमा रिस जेम्स, एनजेड स्पेन्स र मोर्गन रोजर्सलाई खेलाएको छ ।

