विश्वकपमा सहभागी दक्षिण अफ्रिकी खेलाडी एडम्सको निधन

विश्वकप २०२६ मा दक्षिण अफ्रिकाका लागि खेलेका मिडफिल्डर २५ वर्षीय जेयडेन एडम्सको शनिबार निधन भएको छ ।

असार २७, २०८३

कान्तिपुर संवाददाता

South African World Cup player Adams passes away

काठमाडौँ — विश्वकप २०२६ मा दक्षिण अफ्रिकाका लागि खेलेका मिडफिल्डर जेयडेन एडम्सको शनिबार निधन भएको छ । दक्षिण अफ्रिकाले समूह चरणमा खेलेका तीनै खेलमा २५ वर्षीय खेलाडी एडम्सले खेल्ने अवसर पाएका थिए ।

दक्षिण अफ्रिकी खेलकुद मन्त्री गेयटन म्याकेन्जीले एडम्सको निधन भएको पुष्टि गरेका छन् । उनले बीबीसीलाई भनेका छन्, ‘दक्षिण अफ्रिकी फुटबलले एडम्सका रूपमा प्रतिभाशाली खेलाडी गुमाएको छ ।’

मृत्युको कारण अहिलेसम्म स्पष्ट भएको छैन । दक्षिण अफ्रिकी प्रहरीले यस सम्बन्धमा छानबिन सुरु गरेको बताइएको छ । एडमले पछिल्लो समय मामेलोडी सनडाउन्सका लागि व्यावसायिक फुटबल खेलिरहेका थिए ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully