मेयर कप भलिबल फाइनल शनिबार : काठमाडौं–बेथानचोक र ललितपुर–महांकालबीच प्रतिस्पर्धा

पुरुषतर्फ माडी नगरपालिका र महिलातर्फ ललितपुर महानगरपालिका तेस्रो भएका छन् ।

असार २६, २०८३

कान्तिपुर संवाददाता

Mayor Cup Volleyball Final on Saturday: Kathmandu–Bethanchowk and Lalitpur–Mahankal to compete

What you should know

काठमाडौँ — बागमती प्रदेशस्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुरुषतर्फ ललितपुर महानगरपालिका र महांकाल गाउँपालिका आमनेसामने हुनेछन् । महिलातर्फ काठमाडौं महानगरपालिका र बेथानचोक गाउँपालिका आमनेसामने हुनेछन् ।

ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।

पुरुषतर्फ माडी नगरपालिका र महिलातर्फ ललितपुर महानगरपालिका तेस्रो भएका छन् । शुक्रबार तेस्रो स्थानका लागि भएको खेलमा माडीले मैलुङ गाउँपालिकालाई २५–२१, २५–२३, २५–१६ को सेटमा हरायो । तेस्रो भएको माडीले ५० हजार रुपैयाँ पुरस्कार पायो ।  

महिलातर्फ ललितपुर महानगरले गौरीशंकर गाउँपालिकालाई ३–१ को सेटमा हराएको थियो । पहिलो सेट २५–२१ ले अग्रता बनाएको ललितपुर दोस्रो सेटमा १६–२५ ले पछि पर्यो । त्यसपछि तेस्रो र चौथो सेट समान २५–२३ ले आफ्नो पक्षमा पार्दै ललितपुरले खेल जित्योल । ललितपुरले ५० हजार पुरस्कार पाए ।

Mayor Cup Volleyball Final on Saturday: Kathmandu–Bethanchowk and Lalitpur–Mahankal to compete

यसअघि भएको पहिलो सेमिफाइनलमा काठमाडौं महानगरपालिकाले ललितपुरलाई ३–२ को सेटमा हराएर फाइनलमा स्थान बनाएको थियो । पहिलो सेट १५–२५ ले गुमाएको काठमाडौंले त्यसपछि २५–२३, २५–१९ ले लगातार दुई सेट आफ्नो पक्षमा पार्‍यो । चौथो सेट २१–२५ ले गुमाए पनि काठमाडौंले निर्णायक पाँचौं सेट १५–५ ले आफ्नो पक्षमा पारेर फाइनल यात्रा तय गर्‍यो ।

दोस्रो सेमिफाइनलमा बेथानचोकले गौरीशंकर गाउापालिकालाई ३–१ को सेटले हरायो । सुरुमा २५–२३, २५–१२ ले दुई सेटमा अग्रता बनाएको बेथानचोकले तेस्रो सेट २२–२५ ले गुमायो । तर चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै फाइनलमा पुग्यो ।

ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा भइरहेको प्रतियोतिगाको पुरुष सेमिफाइनलमा ललितपुरले माडी नगरपालिका र महांकालले मेलुङ गाउँपालिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । विजेताले २ लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर र लिबेरोलाई जनही ५ हजार रुपैयाा पुरस्कार दिइने आयोजकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully