फ्रान्स र मोरक्कोको विजेताले सेमिफाइनलमा स्पेन र बेल्जियमबीचको विजेतासँग खेल्ने छ ।
What you should know
बोस्टन — विश्वकप फुटबल २०२६ क्वार्टरफाइनलमा प्रवेश गर्दा शुक्रबार बिहान १.४५ मा फ्रान्स र मोरक्को बोस्टनमा प्रतिस्पर्धा गर्दैछन् । यो यस विश्वकपको अन्तिम ८ को पहिलो खेल पनि हो ।
पहिलो पटक ४८ टोली खेलाइएको प्रतियोगिता एक महिना लामो चलिसकेको छ र यसक्रममा ९६ खेलमा २ सय ८० गोल भइसकेका छन् । यी आठ टोलीले जुलाई १९ मा हुने फाइनलबाट उपाधि जित्ने सुनौलो सपना देखिरहेका छन् ।
जिलेट रंगशालामा हुने फ्रान्स र मोरक्कोको खेलले उनीहरूको विगतलाई स्मरण पनि गराउँछ । यस हाइप्रोफाइल खेलअघि फ्रान्सले आफ्ना समर्थकलाई अफ्रिकन च्याम्पियन मोरक्कोसँगको खेल संयमित भएर हेर्न आग्रह गरेको छ । विशेष गरी फ्रान्सका विभिन्न सहरमा सुरक्षाको चासो देखाइएको छ ।
मोरक्को सन् १९५६ मा फ्रान्सबाट स्वतन्त्र भएको थियो । यी दुई देशबीचको सम्बन्ध प्राय: स्थिर रहेको छ । फ्रान्समा मोरक्को र मोरक्को मूलका हजारौं नागरिक बस्छन् । अहिले विश्वकप खेलिरहेको मोरक्को राष्ट्रिय टोलीका धेरै सदस्य फ्रान्समा जन्मिएका हुन् र उनीहरू त्यहाँको क्लबहरूबाट खेल्छन् । मोरक्कोका कप्तान अचराफ हकिमी स्पेनमा जन्मिएका हुन्, तर उनी फ्रेन्च च्याम्पियन टोली पेरिस सेन्ट जेर्मेन (पीएसजी) बाट खेल्छन् । 
फ्रान्सले २००२ को सेमिफाइनलमा मोरक्कोलाई पराजित गर्दा पेरिस वरपर त्यसको खुसी शान्त रूपमै मनाएको थियो । त्यसअघि मोरक्कोले विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोलीका रूपमा इतिहास बनाइसकेको थियो ।
तर फ्रान्समा सुरक्षकर्मी यस खेललाई लिएर निकै सतर्क रहेका छन् । ‘म सबैलाई आफनो जिम्मेवारीबोधका साथ व्यहबार गर्न आग्रह गर्दछु, यो उत्सवका रूपमा मात्र रहनु पर्छ,’ फ्रान्सका खेलकुद मन्त्री मरिना फेरारीले फ्रान्स इन्फो ब्रोडकास्टरलाई भनेकी थिइन् ।
पीएसजीले मे ३० मा च्याम्पियन्स लिगको फाइनलमा आर्सनललाई पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेपछि दंगा र क्षतिका कारण फ्रान्सका अधिकारीले पेरिसमा २ सय ८० जनालाई पक्राउ गरेका थिए ।
उता बोस्टनमा मोरक्कोले बाजी मारे लगातार दोस्रो पटक सेमिफाइनलमा पुग्नेछ । फ्रान्सको हारले फ्रान्सका प्रशिक्षक डिडियर डेस्याम्प्सको १४ वर्षे कार्यकाललाई टुंग्याउनेछ । यस विश्वकपमा फ्रान्सको यात्रा टुंगिएपछि डेस्याम्प्सले पनि राष्ट्रिय टोलीबाट अलग हुने घोषणा गरिसकेका छन् । एउटा खेलाडी र प्रशिक्षकका रूपमा विश्वकप जित्ने तीनमध्येका एक हुन्, डेस्याम्प्स ।
‘मैले यो बारेमा सोचेको पनि छैन, कसरी टिमले राम्रो गर्न सकिन्छ भनेर मात्र सोचिरहेको छु, म मोरक्को टोलीलाई लिएर केन्द्रित छु र कसरी हाम्रो टोलीलाई राम्रो गर्न सकिन्छ भनेर मात्र सोचिरहेको छु,’ उनले भने । उनको प्रशिक्षणमा फ्रान्सले २०१८ मा उपाधि जितेको थियो ।
तस्बिरहरू : एएफपी ।
खेल अर्जेन्टिनाका रेफ्री फाकुन्डो टेलोको नेतृत्वले सञ्चालन गर्नेछ, यसले फ्रान्सको टोलीलाई हानि पुर्याउन सक्ने भनेर समाजिक सञ्जालमा बहस चलिरहेको छ । फ्रान्स र अर्जेन्टिनाले २०२२ को विश्वकप खेलेका थिए र त्यसमा अर्जेन्टिना पेनाल्टी सुटआउटमा विजयी भएको थियो । रेफ्रीकै कारण फ्रान्सको यात्रा टुंगिने त होइन भन्ने प्रश्नलाई डेस्याम्प्सले पूरै लत्यादिए ।
डेस्याम्प्सले भने, ‘जस्तोसुकै निर्णयमा पनि पक्ष र विपक्ष हुन्छ, खालि यति हो तपाईं कुन छेउ बसेर यसलाई हेरिरहनु भएको छ । तर हाम्रो प्रतिद्वन्द्वी मोरक्को हो, म रेफ्रीलाई प्रतिद्वन्द्वी मान्दिनँ ।’
फ्रान्स र मोरक्कोको विजेताले सेमिफाइनलमा स्पेन र बेल्जियमबीचको विजेतासँग खेल्ने छ ।
