बागमती प्रदेशस्तरीय मेयर कप : काठमाडौं महानगर र गौरीशंकर विजयी

महिलातर्फ काठमाडौं महानगरपालिकाले बिगु गाउँपालिकालाई २५–१९, २५–१२, २५–५ ले पराजित गरी सेमिफाइनलमा स्थान बनायो ।

असार २५, २०८३

कान्तिपुर संवाददाता

Bagmati Province-Level Mayor's Cup: Kathmandu Metropolitan City and Gaurishankar Victorious

What you should know

काठमाडौँ — बागमती प्रदेशस्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनल र महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ ।

महिलातर्फ काठमाडौं महानगरपालिकाले बिगु गाउँपालिकालाई २५–१९, २५–१२, २५–५ ले पराजित गरी सेमिफाइनलमा स्थान बनायो ।

अर्को क्वाटरफाइनलमा गौरीशंकर गाउँपालिकाले धुलिखेल नगरपालिकालाई ३–० को सोझो सेटमा हरायो । गौरीशंकरले २५–२१, २५–२२, २५–२१ ले स्कोर निकाल्यो ।

तेस्रो क्वाटरफाइनलमा बेथानचोक गाउँपालिकाले तार्केश्वर नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । पहिलो सेट २७–२५ ले गुमाएको बेथानचोकले त्यसपछिका २५–२३, २५–२३, २५–२३ ले सेटमा पुनरागमन गरेको थियो ।

चौथो क्वाटरफाइनलमा ललितपुर महानगरपालिकाले महांकाल गाउँपालिकालाई ३–० को सोझो सेटमा हराएर सेमिफाइनल तय गर्‍यो ।

अब महिलातर्फ शुक्रबार पहिलो सेमिफाइनलमा ललितपुर महानगरपालिकाले काठमाडौं महानगरपालिका तथा दोस्रो सेमिफाइनलमा गौरीशंकर गाउँपालिकाले बेथानचोक गाउँपालिकाको सामना गर्नेछ । शुक्रबार नै तेस्रो स्थानका लागि पनि प्रतिस्पर्धा हुनेछ ।

ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ पहिलो सेमिफाइनलमा ललितपुर महानगरपालिकाले माडी नगरपालिकालाई २५–२०, २५–१९, २५–१९ ले हरायो । 

अर्को सेमिफाइनलमा महांकाल गाउँपालिकाले मेलुङ गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै उपाधि भिडन्तमा स्थान सुरक्षित गर्‍यो । 

अब पुरुषतर्फको उपाधिका लागि शनिबार ललितपुर महानगरपालिका र महांकाल गाउँपालिका आमनेसामने हुनेछन्। सेमिफाइनलमा पराजित माडी नगरपालिका र मेलुङ गाउँपालिकाले शुक्रबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

विजेताले दुई लाख, उपविजेताले एक लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाा प्राप्त गर्नेछन् भने उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर र लिबेरोलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully