पेनाल्टी सुटआउटमा जित्दै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा

क्वाटरफाइनलमा अब फ्रान्सले मोरक्को, स्पेनले बेल्जियम, नर्वेले इंग्ल्यान्ड तथा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले स्विटजरल्यान्डको सामना गर्नेछ ।

असार २४, २०८३

कान्तिपुर संवाददाता

Switzerland advances to quarterfinals after penalty shootout win

काठमाडौँ — स्विट्जरल्यान्डले विश्वकप २०२६ मा बुधबार कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । भ्यान्कुभरमा निर्धारित र अतिरिक्त समयको खेलमा दुवै टिम गोल गर्न असफल रहेपछि खेल टाइब्रेकरमा गएको हो ।

विजयी टिमका लागि ग्रेनिट जाका, जेकी आामडोनी, सेडरिक इटेन र रुबेन भारगासले पेनाल्टीमा गोल गरे । कोलम्बियाका लागि जुवान क्विन्टेरो, जामिन्टन काम्पाज र लुइस डियाजले मात्र गोल गरे । उसका लागि डाभिनसन सान्चेज र कुचो हर्नान्डेज पेनाल्टीमा चुके ।

त्यसमध्ये स्विस गोलरक्षक ग्रेगर कोबेलले एक प्रहारमा बचाउ गरे । स्विस टिमका लागि पेनाल्टीमा गोल गर्न असफल म्यानुएल आकान्जी मात्र रहे ।  

यससँगै प्रतियोगिताको अन्तिम १६ का खेल सकिएका छन् । अब क्वाटफाइनलमा प्रतिस्पर्धा हुनेछ । त्यसमा फ्रान्सले मोरक्को, स्पेनले बेल्जियम, नर्वेले इंग्ल्यान्ड तथा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले स्विटजरल्यान्डको सामना गर्नेछ ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully