विश्वकप २०२६ : पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

निकै नै प्रतिस्पर्धात्मक खेलमा स्पेनका लागि मिकेल मेरिनोले इन्जुरी टाइममा गोल गर्न सफल भएका हुन् ।

असार २३, २०८३

कान्तिपुर संवाददाता

World Cup 2026: Spain defeats Portugal to reach quarterfinals

काठमाडौँ — विश्वकप २०२६ मा उपाधिका दुई दाबेदार स्पेन र पोर्चुगलबीचको अन्तिम १६ को अमेरिकाको डालासमा भएको खेलमा स्पेनले पोर्चुगललाई १-० गोलले पारजित गरेको छ ।

स्पेनका लागि मिकेल मेरिनोले इन्जुरी टाइममा एक गोल गरेका हुन् । यससँगै स्पेन ‍क्वाटरफाइनलमा प्रवेश गरेको छ भने पोर्चुगल विश्वकपबाट बाहिरिएको छ । ‍

निकै प्रतिस्पर्धात्मक बनेको विश्वकपबाट पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकप करियरमा ब्रेक लागेको छ ।

स्पेन यसअघि सन् २०१० मा विश्वकपको विजेता बनेको थियो ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully