टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले पछिल्लो समय कबड्डीले राम्रो गरिरहेकाले राखेपले कबड्डीलाई बढी प्राथमिकता दिएको बताए ।
काठमाडौँ — नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका लागि नेपाली महिला कबड्डी टोली मंगलबार झापाको भद्रपुर गएको छ । शृंखला १७ देखि २३ जुलाईसम्म बंगलादेशको ढाकामा हुनेछ ।
खेलाडीमा मेनुका राजवंशी (कप्तान), आस्मा यादव, सिर्जनाकुमारी थारु, निशा बोहरा, गंगा घिमिरे, नानुमाया पराजुली, मनीषा जोशी, विनिता पण्डित क्षेत्री, सुस्मी राई, राधिका खडायत, उरुषा शाक्य, निर्मला भट्ट, संगीता तामाङ र पुष्पा चौधरी छन् ।
टोली ३० असारसम्म भद्रपुरमा बन्द प्रशिक्षणमा रहने छ । असार ३१ गते टोली भद्रपुरबाटै ढाका जानेछ । प्रशिक्षकमा हरिना थापा, सहायक प्रशिक्षकमा बन्धु राना, टिम व्यवस्थापकमा कृष्णदेव पन्त, अफिसियलमा परशुराम झा, तरुणकुमार यादव, गणेशदत्त भट्ट, जयप्रकाश राजवंशी र प्रकाशप्रसाद शाह छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले पछिल्लो समय कबड्डीले राम्रो गरिरहेकाले राखेपले कबड्डीलाई बढी प्राथमिकता दिएको बताए । उनले आसन्न एसियाली खेलकुदमा कबड्डीको पुरुष/महिला दुवै टोली सहभागी हुने जानकारी गराए ।
कबड्डी संघका महासचिव अरविन्दकुमार झाले अरु खेलाडीलाई पनि अवसर दिने उद्देश्यले अधिकांश ‘बी’ टोलीका खेलाडीलाई समावेश गरिएको बताए ।
