अमेरिकामा नेपाली क्रिकेट : ह्यारिसवर्ग गोर्खा विजयी

अमेरिकाभरिका उत्कृष्ट ११ वटा टिमको सहभागितामा सम्पन्न ३ दिने टी–१२ क्रिकेट मेलाको फाइनल खेल ह्यारिसवर्ग गोर्खा र ड्रुक रेवल्सकाबीच जुलाइ ५ साँझ भएको थियो ।

असार २३, २०८३

कान्तिपुर संवाददाता

Nepali cricket in America: Harrisburg Gorkhas win

What you should know

न्युयोर्क — अमेरिकाको पेन्सिलभेनिया राज्यको राजधानी ह्यारिसवर्ग शहरमा सम्पन्न नेपाली क्रिकेट खेलमा ह्यारिसवर्ग गोर्खा टिम विजयी भएको छ । अमेरिकाभरिका उत्कृष्ट ११ वटा टिमको सहभागितामा सम्पन्न ३ दिने टी–१२ क्रिकेट मेलाको फाइनल खेल ह्यारिसवर्ग गोर्खा र ड्रुक रेवल्सकाबीच जुलाइ ५ साँझ भएको थियो ।

विश्वका जुनसुकै कुनामा जन्मेका भए पनि नेपाली मूलका मानिस छन् र उनीहरु अमेरिकामा बसोवास गर्दै क्रिकेट खेलमा पनि लागेका छन् भने उनीहरुले टीम बनाएर सहभागिता जनाउन सक्ने गरी युनिटी स्पोट्स एण्ट कल्चलर अलाइन्स र रियुनियन क्रिकेट क्लबले यो प्रतियोगिताको आयोजना गरेका थिए ।

अमेरिकाभरिका नेपालीका लागि आयोजित यो प्रतियोगितामा नोभा रोयल्स, हिमालयन किंग्स, हन्टर ब्वाइज, रियुनियन क्रिकेट क्लब, एभरेष्ट लायन्स, साथी बाल्टिमोर, सिन्सिनाटी वारियर्स, ड्रुक रिबेल्स, नाइट राइडर्स र ह्यारिसवर्ग गोर्खा क्रिकेट क्लबले सहभागिता जनाएका थिए ।

Nepali cricket in America: Harrisburg Gorkhas win

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन, इन्ट्रा मोर्गेज, इन्ट्रा फार्मेसी र घिमिरे होम्सले प्रायोजन गरेको सो प्रतियोगितामा विजेता ह्यारिसवर्ग गोर्खाले प्रतिष्पर्धी ड्रुक रिवेल्सलाई २४ रनले पराजित गरेको थियो ।

पेन्सिलभेनिया राज्यका सांसद(स्टेट रिप्रेजेन्टेटिम) डेभ म्याड्सनले खेल शुभारम्भ गर्दै समाजलाई अनुशासित बनाउन र युवा पुस्तालाई खेलको माध्यमबाट राष्ट्रलाई योगदान दिन नेपाली समुदायको यो खेलले योगदान दिने विश्वास व्यक्त गरे । स्वेतारा टाउनसिप र सस्केहाना टाउनसिपका कमिशनरहरु टम कनली र फ्रेड फेलोना, इन्ट्रा फाउण्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराई र युनिटी क्लबका अध्यक्ष ओमराज गुरुङले शुभकामना दिएको खेलमा म्यान अफ द सिरिज इजिकेल घतानी भएका छन् ।

त्यसैगरी उत्कृष्ट व्याट्समेन मनिष हुमागाई, उत्कृष्ट बलर बासु ढुंगाना, उत्कृष्ट फिल्डर सुवोध वाग्ले, उत्कृष्ट विकेटकिपर खगेन धिमाल र उत्कृष्ट क्याच आयुस खनाल घोषित भएका छन् । त्यसैगरी फेयर प्ले अवार्ड साथी बाल्टिमोर टिमले जितेको छ ।

आयोजक संस्थाका पूर्ण राईले जारी गरेको विज्ञप्तिअनुसार विजेता टिमले ७ हजार अमेरिकी डलर र उपविजेता टिमले ३ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरे ।विजेताहरुलाई अध्यक्ष गुरुङ र फाउण्डेसनका कार्यकारी निर्देशक भट्टराईले हस्तान्तरण गरेका थिए ।

कान्तिपुर

Link copied successfully