मेसी र सलाह आमनेसामने हुँदै 

अर्जेन्टिना र इजिप्टबीचको विजेता क्वाटरफाइनल पुग्ने छ

असार २३, २०८३

एएफपी

Messi and Salah face to face

What you should know

एटलान्टा — लियोनेल मेसीको अर्जेन्टिनाले मंगलबार राति विश्वकप फुटबलको अन्तिम १६ मा इजिप्टसँग सामना गर्दैछ । यो खेल जित्ने टोलीले स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेलको विजेतासँग क्वाटरफाइनलमा खेल्ने छ । 

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इजिप्टसँग सामना गर्दै वर्तमान फुटबलका दुई सर्वकालीन महान् खेलाडी मेसी र मोहम्मद सलाह आमनेसामने हुनेछन् । दुबै टोली आ आफ्नो टोलीको कप्तानी पनि गरिरहेका छन् । 

अर्जेन्टिना अन्तिम ३२ को खेलमा पहिलो पटक विश्वकप खेलिरहेको केप भार्डेसँग मुस्किलले जोगिएको थियो । अतिरिक्त समयमा विपक्षीबाट आत्मघाती गोलको उपहार पाएपछि मात्र अर्जेन्टिनाले अघिल्लो चरणको यात्रा सुनिश्चित गरेको थियो । इजिप्टसँग भने अर्जेन्टिनाले सम्हालिएर खेल्ने लक्ष्य लिएको छ । इजिप्ट अन्तिम १६ भन्दा माथि कहिल्यै पुग्न सकेको छैन । 

‘केप भार्डेसँगको खेल अघि जस्तै हामी अहिलेको खेलमा पनि सचेत छौं,’ अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले भने, ‘इजिप्ट राम्रो प्रतिद्वन्द्वी हो । उनीहरु राम्रो खेलिरहेका छन् । उनीहरुसँग महत्वपूर्ण खेलाडी र प्रशिक्षक छन्, जो लामो समय देखि एक साथ काम गरिरहेका छन् । उनीहरु राम्रो फुटबल खेल्छन् र सँधैं प्रतिद्वन्द्वीलाई कठिन बनाउँछन् ।’

स्कालोनीले भने, ‘सलाह उत्कृष्ट खेलाडी हुन्, उनलाई सामना गर्दा दबाब हुन्छ, हाम्रो टोलीलाई उनी जस्तो महान खेलाडी सामना गर्दा के गर्नु पर्ने हो थाहा छ । हामी त्यसका लागि सँधैं मिहिनेत गर्ने गर्दछौं ।’ केप भार्डेविरुद्ध १ सय २० मिनेट मैदानमा खटिए पनि ३९ वर्षे मेसी इजिप्टसँगको खेलका लागि फिट रहेको जनाए । 

मेसी, फ्रान्सका किलियन एमबाप्पे र नर्वेका इर्लिङ हालान्ड समान ७ गोल गर्दै गोल्डेन बुटको दौडमा समान ढंगले अगाडि रहेका छन् । दुई असिस्ट पनि गरेका कारण एमबाप्पे अगाडि रहेका छन् । मेसी र एमबाप्पे विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने सुचिमा पनि प्रतिस्पर्धी रहेका छन् । मेसीले २० र एमबाप्पेले १८ गोल गरिसकेका छन् । 

इजिप्टले अन्तिम ३२ मा अस्ट्रेलियालाई पेनाल्टी शुटआउटमा पराजित गरेको थियो । सिजनको समाप्त पश्चात लिभरपुल छाडे यता सलाह क्लब बिहीन रहेका छन् र उनले यस विश्वकपको चार खेलमा १ गोल गरेका छन् ।

विश्वकप २०२६

एएफपी

Link copied successfully