फिफा विश्वकप २०२६ मा बेल्जियमको जितसँगै आयोजक देशको चुनौती समाप्त

बेल्जियमसँगको हारले सह–आयोजक अमेरिका प्रतियोगिताबाट बाहिरिएको छ ।यसअघि क्यानाडा र मेक्सिको पनि अन्तिम १६ को चरणमै रोकिएका थिए ।

असार २३, २०८३

कान्तिपुर संवाददाता

Belgium's victory in the 2026 FIFA World Cup ends the host nation's challenge

काठमाडौँ — बेल्जियमले विश्वकप २०२६ मा मंगलबार अमेरिकालाई ४–१ ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान निश्चित गरेको छ । हारले सह–आयोजक अमेरिका प्रतियोगिताबाट बाहिरिएको छ । यससँगै प्रतियोगितामा तीनै सह–आयोजक देशको चुनौती समाप्त भएको छ ।

यसअघि क्यानाडा र मेक्सिको पनि अन्तिम १६ को चरणमै रोकिएका थिए । अब अन्तिम आठ चरणको खेलमा बेल्जियमले अर्को युरोपेली टिम स्पेनको सामना गर्नेछ । स्पेनले यसअघिको खेलमा पोर्चुगललाई हराएको थियो ।

सियाटलमा मंगलबार भएको खेलमा बेल्जियमका लागि पहिलो हाफमा चार्ल्स डे केटेलेरेले दुई गोल गरे । उनले ११ औं मिनेटमा पहिलो गोल गरेपछि ३३ औं मिनेटमा दोस्रो गोल थपे । यसबीच अमेरिकाका लागि मलिक टिलमनले ३१ औं मिनेटमा एक गोल फर्काए ।

खेलको ५७ औं मिनेटमा अमेरिकी रक्षापंक्तिको कमजोरीको फाइदा उठाएर हान्स भानाकेनले बेल्जियमका लागि तेस्रो गोल गरे । दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा रोमेलु लुकाकुले चौथो गोल गरे ।

खेल आफैं विवादास्पद रह्यो र अमेरिकाका लागि फोलोरिन बोलोगनले सुरुदेखि खेलेका थिए । बोस्निया एन्ड हर्जगोभिनाविरुद्धको खेलमा रातो कार्ड पाएका बोलोगनको एक खेल प्रतिबन्ध सजाय फिफाले फिर्ता लिएपछि त्यसको चर्को आलोचना भएको थियो ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully