विश्वकप २०२६ : ‘ब्लकबस्टर’ खेलमा स्पेन र पोर्चुगल आमनेसामने

विश्वकप २०२६ मा उपाधिका दुई दाबेदार स्पेन र पोर्चुगलबीचको ‘ब्लकबस्टर’ खेल राति १२ : ४५ देखि अमेरिकाको डालासमा हुँदैछ ।

असार २२, २०८३

कान्तिपुर संवाददाता

World Cup 2026: Spain and Portugal face off in 'blockbuster' match

काठमाडौँ — विश्वकप २०२६ मा उपाधिका दुई दाबेदार स्पेन र पोर्चुगलबीचको ‘ब्लकबस्टर’ खेल राति १२ : ४५ देखि हुँदैछ । यो युरोपेली फुटबलका दुई महाशक्तिबीचको खेल रहनेछ ।

अमेरिकाको डालास स्टेडियममा हुने खेलको विजेताले क्वाटरफाइनलमा प्रवेश गर्ने छ भने पराजित हुने टिम आफ्नो ठूलो प्रतिष्ठाका बाबजुद घर फर्कने छ ।

स्पेन युरोपेली च्याम्पियन रहेका छ भने पोर्चुगल नेसन्स लिगको विजेता हो । पोर्चुगलले नेसन्स लिगको फाइनलमा स्पेनलाई नै हराएको हो ।

आफू अनुकूल नतिजा निकाल्न सकेन भने यो सम्भवतः पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका लागि विश्वकपका अन्तिम खेल पनि हुन सक्नेछ ।

लिग चरणमा दुवै टिमको सुरुआत राम्रो रहेको थिएन । तर बिस्तारै दुवै टिम लयमा देखिएका छन् र अहिलेको खेल आफैंमा रोमाञ्चक हुने विश्वास छ ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully