फ्रान्सकाे फोहोरी खेल 

खेलपछि एमबाप्पेले भने, ‘खेल कस्तो हुनेछ भन्ने अनुमान पहिल्यै थाहा थियो । तर हामी आफ्नो खेलबाट खुसी छौं । हामीलाई फोहोरी खेल खेल्न पनि आउँछ र सायद हामीले आज यस्तै खेल खेल्यौं।’

असार २२, २०८३

एएफपी

France's dirty game

What you should know

फिलाडेल्फिया — फ्रान्सले विश्वकप अन्तिम १६ को खेलमा शनिबार पाराग्वेलाई १–० ले हराउन संघर्ष गरे पनि कप्तान केलियन एमबाप्पे आफ्नो टिमको यात्रामा खुसी नै रहेका छन् । 

खेल आफैंमा तनावपूर्ण रह्यो । एमबाप्पेले पेनाल्टीबाट ७० औं मिनेटमा गरेको गोलमा नै फ्रान्स विजयी रह्यो । उनको यस विश्वकपमा गोल संख्या ७ पुगेको छ, समग्रमा १९ गोल भएको छ ।   

उनी आफैं पाराग्वेली डिफेन्डरबाट घेरिएर रहे र अरू बेला जस्तो खुलेर खेल्न सकेनन् । खेलपछि एमबाप्पेले भने, ‘खेल कस्तो हुनेछ भन्ने अनुमान पहिल्यै थाहा थियो । तर हामी आफ्नो खेलबाट खुसी छौं । हामीलाई फोहोरी खेल खेल्न पनि आउँछ र सायद हामीले आज यस्तै खेल खेल्यौं, जित हाम्रै रह्यो । पाराग्वेप्रति सम्मान छ तर हामी यो खेलमा राम्रो टिम रह्यौं ।’

रियल म्याड्रिडका फरवार्ड एमबाप्पेले अगाडि थपे, ‘यो खेलले के प्रमाणित भएको छ भने फ्रान्सेली टिमले आक्रमण मात्र गर्न जान्दैन । जति बेला फोहोरी खेल आवश्यक हुन्छ, हामी त्यस्तै खेल खेल्न तयार छौं । यो फोहोरी खेल जस्तो शब्दका लागि माफी माग्न चाहन्छु तर हामीलाई यसमा समस्या भने छैन ।’ 

खेल तनावपूर्ण त रह्यो तर देखाइएका तीनै पहेंलो कार्ड फ्रान्सेली खेलाडीका नाममा रह्यो । एमबाप्पेले पेनाल्टी प्रहार गर्न लागेकै बेला दुवै टिमबीच तनाव बढेको थियो । उनी त्यो अवसरमा चुकेनन् । 

अब फ्रान्सले बिहीबार बोस्टनमा हुने क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ । खेलपछि फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पले आफ्नो टिमले शान्त भएर खेलेको दाबी गरे । उनले माने, पाराग्वेली टिमको शैली आक्रामक थियो । यो खेल दुवैलाई सहज भने रहेन ।

‘पक्कै पनि यो सजिलो खेल रहेन । पाराग्वेले त्यस्तो खेल देखायो, जस्तो उनीहरू मैदानमा गरेर देखाउन सक्छन् । त्यसमा आक्रामकपन बढी थियो,’ उनले थपे । 

फ्रान्सले यस खेलअगाडि आफ्ना प्रतिद्वन्द्वीमाथि १३ गोल गरेको थियो तर यस्तै खेल पाराग्वेविरुद्ध भने दोहोर्‍याउन सकेन । भलै, बलमाथि बढी नियन्त्रण राख्ने काम पनि फ्रान्सले नै गरेको थियो ।

फ्रान्सका तीन प्रमुख खेलाडी माइकल ओलिस, ओसमन डेम्बेले र ब्राडली बार्कोला चुपचाप जस्तै रहे । यसक्रममा पाराग्वेले अन्तिम ३२ को चरणमा आफूले कसरी जर्मनीलाई हराउन सफल रहेको हो, त्यो पनि देखाएको थियो । डेसच्याम्पको विश्लेषण थियो, ‘हामीले हाम्रो आफ्नै खेलमा बढी जोड दियौं । पाराग्वेको रक्षापंक्तिले राम्रो गरेको मान्नुपर्छ ।’

पाराग्वेली प्रशिक्षक गुस्ताभो अल्फारोले भने आफ्ना खेलाडीले शेरले जस्तै संघर्ष गरेर खेलेको प्रतिक्रिया दिए । सन् २०१० यता पहिलो विश्वकप खेलिरहेको पाराग्वेली टिमका प्रशिक्षकको भनाइ थियो, ‘हामीलाई विश्वकपमा फर्किन १६ वर्ष लाग्यो । तर यसक्रममा अहिले जसरी खेलेका छौं, त्यसमा मलाई गर्व छ । यो विश्वकपले पाराग्वेली फुटबललाई अझ बलियो बनाएको छ तर दुःख के भने हामीलाई अब घर फर्किनु छ ।’

विश्वकप २०२६

एएफपी

Link copied successfully