कोशी प्रदेशस्तरीय करातेमा सुनसरी च्याम्पियन

इनरुवामा शनिबार सम्पन्न प्रतियोगितामा सुनसरी ५ स्वर्ण, ४ रजत र ३ कास्य पदक जित्दै च्याम्पियन बन्न सफल भएको हो ।

असार २०, २०८३

अर्जुन सुवेदी

Sunsari becomes champion in Koshi provincial level karate

सुनसरी — कोशी प्रदेशस्तरीय कराते प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । इनरुवामा शनिबार सम्पन्न प्रतियोगितामा सुनसरीले ५ स्वर्ण, ४ रजत र ३ कास्य पदक जित्दै समग्र टिम च्याम्पियन बन्न सफल भएको हो । 

प्रतियोगितामा झापाले ५ स्वर्ण, ३ रजत र ५ कास्य पदकसहित दोस्रो स्थान हासिल गर्यो भने धनकुटाले २ स्वर्ण, १ रजत र ३ कास्य पदक जित्दै तेस्रो स्थानमा चित्त बुझायो । प्रतियोगितामा प्रथम हुने सुनसरीले नगद ३५ हजार, दोस्रो हुने झापाले २५ हजार रुपैयाा र तेस्रो हुने धनकुटाले १५ हजार रुपैयाा पुरस्कार प्राप्त गरेका छन् । 

दुई दिनसम्म चलेको प्रतियोगितामा कोशी प्रदेशका ९ जिल्लाका खेलाडी सहभागी रहेका थिए । व्यक्तिगत उत्कृष्टतर्फ छात्रातर्फ सुनसरीकी स्मृति चौधरी उत्कृष्ट खेलाडी घोषित भइन् भने छात्रतर्फ पााचथरका पर्वत मेन्याङ्बो उत्कृष्ट खेलाडी घोषित भए ।

विजेता तथा उपविजेतालाई कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले पुरस्कार प्रदान गरे । नेपाल कराते महासंघ सुनसरीको आयोजनामा सम्पन्न भएको प्रतियोगिताले प्रदेशका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै कराते खेलको विकास र विस्तारमा समेत महत्वपूर्ण योगदान पुग्ने आयोजकले जनाएको छ ।

अर्जुन

Link copied successfully